Shopping cart

अन्तर्राष्ट्रिय

योग भनेको के हो ? योग किन आवश्यक छ ?

Email :212

काठमाडौं ।  शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र अध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई योग भनिन्छ ।

 

सामान्यतया, आत्माको परमात्मासँगको जोड नै योग हो ।  यो एक किसिमको अनुभूति र रूपान्तरण हो । परापूर्वकालमा योगलाई अदृश्य शक्तिसँग जोडिने माध्यमका रूपमा लिइन्थ्यो । तर, समयक्रमसँगै योगको महत्व पनि परिवर्तन हुँदै आएको छ ।

योगको विभिन्न परिभाषाहरु

(१) पातञ्जल योग दर्शन को अनुसार –चित्त वृत्तिको निरोध नै योग हो।
(२) सांख्य दर्शनका अनुसार – व्यक्ति र प्रकृतिको प्रकृति स्थापना गरेर व्यक्तिको आत्ममा स्थित हुनु नै योग हो ।
(३) विष्णु पुराणका अनुसार – जीवात्मा तथा परमात्मा का पूर्णतया मिलन नै योग हो।
(४) भगवत गीताका अनुसार – दुःख-सुख, लाभ-हानी, शत्रु-मित्र, शीत तथा उष्ण आदि द्वन्दमा सर्वत्र समभाव राख्ने योग हो ।
(५) भगवत गीताका अनुसार -कर्त्तव्य कर्म बन्धक होइन, त्यसैले निष्काम भावनाले अनुप्रेरित भएर कर्त्तव्य गर्ने कौशल योग हो ।
(६) आचार्य हरिभद्रका अनुसार – मोक्षसँग जोड़ने खालका सबै व्यवहार योग हुन ।
(७) बौद्ध धर्मका अनुसार – कुशल चित्त को एकाग्रता योग हो ।
८) बी.के.एस. अयंगारका अनुसार –“योग एक ज्योति हो, जुन एकपल्ट जलेपछि कहिल्यै निभदैन्। बरु जति राम्रो अभ्यास गर्नुहुनेछ, आगोको ज्वाला त्यतिनै उज्यालो हुँदै जान्छ ।”
९) अमित रेका अनुसार –“योग कुनै धर्म होइन । यो एक विज्ञान, कल्याणको वैज्ञानिक, युवापनको विज्ञान, एक शरीर, शरीर र दिमाग र आत्मालाई एकीकृत गर्ने विज्ञान हो। ”
१०) जेसन क्रान्डेलका अनुसार– “योग तपाईं को हुन् भन्ने बारेमा जिज्ञासु हुने उत्तम अवसर हो।”
११) सिन्डी लीका अनुसार –“तपाईको शरीर सम्भवतः योग गरेर धेरै नै लचिलो हुन्छ, र तपाईको दिमाग पनि ।
१२) सदगुरुको अनुसार -“योग सधैं शरीर परिवर्तन गर्न कोशिस गर्दछ किनकि यदि शरीर परिवर्तन भयो भने, दिमाग आफै परिपक्व हुन्छ।”
१३) श्री श्री राव शंकरका अनुसार– “योग जीवनको प्राकृतिक लय हो जसले तपाईंलाई आफु र अरुको नजीक ल्याउँछ ।”

योगः एक जीवन पद्दति

योग भनेको रोगी व्यक्तिहरुका लागि चिकित्सा पद्दति हो । योगको माध्यमबाट रोगी व्यक्तिले आफुलाई निरोगी, स्वस्थ्य तुल्याउन सक्छन् ।

 

स्वस्थ्य व्यक्तिहरुका लागि जीवन पद्दति र योगीरुका लागि साधना पद्धति हो ।यस अर्थमा योग सबैका लागि हो । योगलाई उपयोग गरेर सबैका लागि उपयोगी तथा सहयोगी बन्ने सक्ने भएकाले पनि योग आवश्यक छ ।

 

के हो योग ?

योग संस्कृत भाषा ‘युज’ बाट आएको हो जसको अर्थ ईश्वरसँग आत्माको मिलन हो। अर्थात् योगमा यति धेरै शक्ति छ कि यसले अमरत्व प्राप्त गर्न सक्छ। कतिपय मानिसहरूले योगलाई सरल सरल ठान्छन्। तर, यो त्योभन्दा धेरै हो।

 

योग मुख्यतः एक आध्यात्मिक अनुशासन हो, जसमा जीवन शैलीको पूर्ण सार आत्मसात गरिएको छ। योग कला पनि हो, विज्ञान पनि हो । यो एक विज्ञान हो, किनकि यसले शरीर र दिमागलाई नियन्त्रण गर्ने व्यावहारिक तरिकाहरू प्रदान गर्दछ। गहिरो ध्यान सम्भव बनाउँछ। र, यो एक कला हो, जबसम्म यसलाई सहज र संवेदनशील रूपमा अभ्यास गरिएको छैन।

 

यसले सतही परिणाम मात्र दिन्छ। योग विश्वासको प्रणाली मात्र होइन, यसले शरीर र मनको एकअर्कामा हुने प्रभावलाई ध्यानमा राखेर आपसी सद्भावमा ल्याउँछ।

 

 योगका प्रकार:-

योगमा  याम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधि, त्याग पर्दछ ।

१.राजयोग, २.हठयोग, ३.लययोग, ४. ज्ञानयोग, ५.कर्मयोग र ६. भक्तियोग। यसका साथै बहिरंग योग, नाद योग, मन्त्र योग, तन्त्र योग, कुण्डलिनी योग, साधना योग, क्रिया योग, सहज योग, मुद्रायोग, र स्वरयोग आदि योगका अनेक आयामहरूकाे चर्चा गरिन्छ तर यी सबै याेगहरू माथि उल्लिखित  प्रकारमा नै समाहित छन्।

हामीले आफ्नो शरीरलाई स्वस्थ राख्न धेरै किसिममा प्राणायाम र योगासनहरु गर्न सक्छौं। जसले हामीलाई शारीरिक र मानसिक दुवैरुपमा बलियो बनाउँछ।

 

योग किन आवश्यक छ ?

१) स्वास्थ्य वैज्ञानिकहरूका अनुसार रोग लाग्नुको कारणमध्ये शरीरमा ‘फ्रि रेडिकल’ बढ्नु पनि एक हो । फ्रि रेडिकलले हाम्रो कोषिका तथा डीएनएलाई विकृत गर्छ । फ्रि रेडिकल बढ्ने कारणमध्ये अत्याधिक थकानयुक्त कसरत (जिम, एरोबिक, दौड आदि) पनि एउटा हो । योगको अभ्यासपछि भने शरीरमा हल्कापन आउँछ र फ्रि रेडिकल बढ्न पाउँदैन ।

२) अन्य अभ्यास तथा कसरतले शरीरको बाहिरी भाग र मांशपेसीलाई मात्र धेरै प्रभाव पार्छ भने योगले सम्पूर्ण अंग–प्रत्यङ्ग तथा कोषलाई समेत प्राणवान् र स्वस्थ बनाउँछ ।

३) शारीरिक अभ्यासका अन्य विधि खर्चिला हुन्छन् । सहयोगी, साधन, ठूलो स्थान आदिको आवश्यकता पर्दछ । योग भने खर्चबिना नै गर्न सकिन्छ । न त सहयोगी नै चाहिन्छ न ठूलो ठाउँ न उपकारण नै । योग अभ्यासका विधिबारे राम्रो जानकारी राख्यो भने एक्लैले गर्न कुनै कठिनाइ हुँदैन ।

४) अन्य अभ्यासमा मन तथा इन्द्रीयलाई नियन्त्रण गर्ने कुनै प्रक्रिया नै छैन । तर, योग अभ्यासले मन र इन्द्रीय नियन्त्रण गर्न सहयोग पुर्याउँछ ।

५) योग मात्र यस्तो अभ्यास हो, जसका हरेक अभ्यासमा स्वासप्रस्वासको गहिरो प्रभाव र प्रयोग हुन्छ । जसबाट प्रयाप्त अक्सिजन ग्रहण गर्ने क्षमताको विकास हन्छ ।

६) योगका लागि धेरै खुराक आवश्यक पर्दैन, सामान्य खाना पर्याप्त छ । तर अन्य अभ्यासमा ‘हेभ्भी डाइट’को आवश्यकता पर्दछ ।

७) योगमा मात्र शरीरलाई खुम्च्याउने, तन्काउने र सिथिल गर्ने अभ्यास छ । जसबाट अत्यन्त कम शक्ति खर्चिएर शारीरिक तथा मानसिक लाभ प्राप्त गर्न सकिन्छ । कमजोर व्यक्तिले पनि योगको फाइदा लिन सक्छन् ।

८) योगमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने तथा विजातीय द्रव्यलाई निष्कासन गरी शरीरलाई रोगमुक्त बनाउने प्रक्रिया हुन्छ तर अरू अभ्यासमा त्यो पाइँदैन ।

९) जति ‘रिढ’ लचिलो हन्छ त्यति नै शरीर स्वस्थ रहन्छ । यौवन, युवापन र शरीरमा स्फुर्ती आउँछ । ‘रिढ’को लचकता बढाउने राम्रो अभ्यास योगमा छ ।

१०) योगाभ्यासले सम्पूर्ण नशा–नाडी तथा रक्तनली शुद्ध गर्छ । अरू शारीरिक व्यायाममा यस्तो पाइँदैन ।

११) योगमा फोक्सोलाई पर्याप्त खुम्च्याउने र फैल्याउने अभ्यास छ । जसले अक्सिजन लिने क्षमता बढाउँछ तर अन्य व्यायाममा यो प्रक्रिया छैन । अन्य अभ्यासमा गहिरो स्वास लिने प्रक्रिया छैन जसले गर्दा फोक्सोको कम भाग मात्र सक्रिय रहन्छ ।

१२) अहिलेको रहनसहन तथा खानपिनको अवस्था विकृत बन्दै गएको छ । योगमा खाना तथा जीवनशैली व्यवस्थापनका विषयमा जीवनोपयोगी जानकारी पाइन्छ ।

१३) अन्य अभ्यासमा पाचन प्रणाली बिग्रने, लामो समयपछि हाडजोर्नी तथा मांशपेसी दुख्ने जस्ता समस्या आउन सक्छन्, तर योगमा त्यस्ता कुनै ‘साइड इफेक्ट’ हुँदैन ।

१४) योगले अहिंसा, शान्ति, चरित्र निर्माण, नैतिक शिक्षा, मनको निग्रह, बुद्धि विकास, सत्गुण विकास तथा समग्र जिउने तरिका सिकाउँछ ।

१५) शरीरमा हर्मोन्स तथा इन्जाइमको सन्तुलन मिलाउन र शरीरलाई सक्रिय एवं ऊर्जावान् बनाउन योगले ठूलो भूमिका खेल्छ ।

१६) शारीरिक, मानसिक, बौद्धिक तथा आत्मिक विकासका लागि योग सर्वोत्तम पद्धति हो, यसको दाँजोमा अन्य कुनै पनि शारीरिक व्यायाम आउनै सक्दैनन् । स्वस्थ्य रहनका लागि शारीरिक व्यायामका अन्य उपायभन्दा योग कैयौं गुणा फाइदाजनक रहेको अभ्यास र अनुसन्धानले नै देखाएको कुरा हो ।

योगका फाइदा-

मांसपेशी बलियो बनाउँछ।

जोर्नीहरुलाई स्वस्थ र बलियो बनाउँछ।

मेरुदण्डको रक्षा गर्दछ।

तपाईंको रक्त प्रवाह बढाउँछ।

आफ्नो प्रतिरक्षा बढाउँछ।

मुटुको गतिलाई नियन्त्रण गर्छ।

रक्तचाप कम गर्छ।

तपाईलाई खुसी बनाउँछ।

एक स्वस्थ जीवन शैली प्रदान गर्दछ।

ध्यान केन्द्रित गर्न मद्दत गर्दछ।

मुटुको गतिलाई नियन्त्रण गर्छ।

रक्तचाप कम गर्छ।

एक स्वस्थ जीवन शैली प्रदान गर्दछ।

तपाइको प्रणालीलाई आराम दिलाउँछ।

सन्तुलनमा सुधार गर्दछ।

तपाईंको स्नायु प्रणाली कायम राख्छ।

अंगहरूमा तनाव कम गर्दछ। गहिरो निन्द्रामा सुत्न मद्दत गर्छ।

आफ्नो आत्मसम्मान बढाउँछ।

पीडा हटाउँछ।

मनको शक्ति दिन्छ ।

Comments are closed

Related Post