Shopping cart

  • Home
  • समाज
  • यी हुन् प्रारम्भमा रास्वपाले अग्रता बनाएका क्षेत्रहरु
देश

यी हुन् प्रारम्भमा रास्वपाले अग्रता बनाएका क्षेत्रहरु

Email :45

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ, जसमा ३८ निर्वाचन क्षेत्रको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ।

प्रारम्भिक मतपरिणामअनुसार काठमाडौं–१ मा रञ्जु दर्शना ९ हजार ७८ मतसहित अगाडि छिन्।
काठमाडौं–८ मा विराज भक्त श्रेष्ठ ७ हजार ६१७ र
काठमाडौं–१० मा प्रदीप विष्ट ६ हजार ४२ मतसहित अग्रता बनाइरहेका छन्।
काठमाडौं–५ मा सस्मित पोखरेल ३ हजार ७००,
काठमाडौं–४ मा पुकार बम २ हजार ५२९,
काठमाडौं–७ मा गणेश पराजुली २ हजार ८३३
रकाठमाडौं–६ मा शिशिर खनाल २ हजार २३८ मतसहित अघि छन्।
मोरङ–४ मा सन्तोष राजवंशी ३ हजार ८८५,
धनुषा–३ मा मनिष झा ३ हजार ९१४ र
रुपन्देही–२ मा सुलभ खरेल ४ हजार ७२ मतसहित अग्रता बनाएका छन्।
चितवन–२ मा रवि लामिछाने २ हजार २५,
चितवन–३ मा सोविता गौतम ९२५,
कास्की–१ मा खडक राज पौडेल १ हजार ९७८,
कास्की–२ मा उत्तम प्रसाद पौडेल २ हजार ४१७
कास्की–३ मा बिना गुरुङ २ हजार ७४ मतसहित अघि छन्।
यसैगरी तनहुँ–१ मा स्वर्णिम वाग्ले १ हजार ३५२,
दाङ–१ मा देवराज पाठक १ हजार ५१६,
बाँके–१ मा सुरेश कुमार चौधरी २ हजार ५७४
बाँके–३ मा खगेन्द्र सुनार १ हजार ३६९ मतसहित अग्र छन्।
त्यस्तै झापा–५ मा बालेन्द्र शाह १ हजार ४७६,
मोरङ–१ मा यज्ञमणि न्यौपाने २ हजार २६९,
मोरङ–५ मा आशा झा १ हजार २२९,
बारा–३ मा अरबिन्द साह २ हजार १६०,
भक्तपुर–१ मा रुकेश रन्जित ८८८
भक्तपुर–२ मा राजीव खत्री २ हजार मतसहित अगाडि छन्।
ललितपुर–३ मा तोसिमा कार्की ६४८,
ललितपुर–२ मा जगदीश खरेल २२८,
रौतहट–४ मा गणेश पौडेल ४४३,
कञ्चनपुर–२ मा दीपक राज बोहरा १ हजार ३८०
कञ्चनपुर–३ मा ज्ञानेन्द्र सिंह महता १२९ मतसहित अग्रता बनाइरहेका छन्।

Comments are closed

Related Post