काठमाडौं । नेपाली लोक तथा दोहोरी संगीत क्षेत्रमा नयाँ तरंग ल्याउने तयारीसहित मौलिक कौराह गीत “कालिगंगा” को भव्य लोकार्पण हुने भएको छ। गीतकार तथा संगीतकार बिजेन्द्र नौबागे र चर्चित गायक रूपक डोटेलको सहकार्यमा तयार भएको यस गीतमा लोक तथा दोहोरी गायिका बिमला सुनारको सशक्त स्वरले विशेष आकर्षण थपेको छ।
आगामी २०८३ बैशाख ११ गते साँझ ४ बजे, काठमाडौंको पुतलीसडक स्थित सिन्की भान्साघरमा आयोजना गरिने विशेष समारोहबीच गीत सार्वजनिक गरिने आयोजक एक्टिभ म्युजिक प्रा।लि।, काठमाडौं, नेपाल ले जनाएको छ। मौलिक लोक स्वाद र आधुनिक प्रस्तुतिको संयोजन रहेको “कालिगंगा” ले संगीतप्रेमी दर्शक–श्रोताको मन जित्ने विश्वास गरिएको छ।
गीत निर्माण मा लागेका सर्जक बिजेन्द्र नौबागे भन्नुहुन्छ “कालिगंगा” एउटा गीत मात्र नभई नेपाली लोकसंस्कृति, परम्परा र भावनाको जीवन्त अभिव्यक्ति हो। परम्परागत भेषभूषा, मौलिक बाजागाजा र ग्रामीण परिवेशलाई आधुनिक संगीत संयोजनसँग जोड्दै तयार गरिएको यस गीतले अहिलेको बजारमा छुट्टै पहिचान बनाउने अपेक्षा गरिएको छ।
गीतको भिडियो पनि उत्तिकै मनमोहक बनेको छ। निर्देशक दिपेश एसकेको निर्देशनमा तयार भएको भिडियोमा कलाकार अस्मिता रनपाल र बिरेन्द्र नौबागे लगायतको सशक्त अभिनय देख्न सकिन्छ। भिडियोमा नेपाली समाज, संस्कृति, प्रेम र जीवनशैलीको गहिरो चित्रण गरिएको छ, जसले गीतको भावलाई अझ प्रभावकारी बनाएको छ।
रेकर्डिङदेखि मिक्सिङ–मास्टेरिङसम्मको सम्पूर्ण काम उच्चस्तरीय प्रविधिको प्रयोगबाट सम्पन्न गरिएको निर्माण टिमले जनाएको छ। दीपक बीसीले स्टुडियो, काठमाडौंमा रेकर्ड गरिएको गीतमा दिवान किनारको एरेन्ज तथा डिका गुरुङको मिक्स–मास्टेरिङले संगीतलाई आधुनिक र परिष्कृत बनाएको छ।
गायक रूपक डोटेल र बिमला सुनारको स्वर संयोजनले गीतलाई अझ मिठासपूर्ण बनाएको छ। बिमला सुनारको लोक शैली र रूपक डोटेलको गहिरो प्रस्तुति दर्शकका लागि नयाँ अनुभूति बन्ने अपेक्षा गरिएको छ।
सांगीतिक क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबीच “कालिगंगा” ले आफ्नो मौलिकता, प्रस्तुति र भावनात्मक गहिराइमार्फत विशेष छाप छोड्ने विश्वास गरिएको छ। गीत सार्वजनिक भएसँगै डिजिटल प्लेटफर्म तथा सामाजिक सञ्जालमार्फत व्यापक प्रचारप्रसार गरिने पनि जनाइएको छ।
कार्यक्रममा संगीतकर्मी, सञ्चारकर्मी, कलाकार तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ। आयोजकका अनुसार “कालिगंगा” नेपाली लोक तथा दोहोरी संगीतलाई नयाँ उचाइमा पुर्याउने एउटा महत्वपूर्ण कोशेढुंगा सावित हुनेछ।













Comments are closed