Shopping cart

  • Home
  • राजनिती
  • मोरङ–१ मा कुशल लिम्बूको घरदैलो तीव्र, विकास र सुशासनको प्रतिबद्धता
देश

मोरङ–१ मा कुशल लिम्बूको घरदैलो तीव्र, विकास र सुशासनको प्रतिबद्धता

Email :87

माेरङ । मोरङ–१ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार कुलप्रसाद साम्बा (कुशल लिम्बू) ले चुनावी अभियानलाई तीव्रता दिँदै मतदातामाझ विकास, पारदर्शिता र जनउत्तरदायित्वको स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवारी दिएका लिम्बू यतिबेला उर्लाबारी, मिक्लाजुङ, लेटाङ र केराबारीका विभिन्न बस्तीमा घरदैलो तथा भेटघाट कार्यक्रममा सक्रिय छन् ।

घर–घरमा पुगेर स्थानीय समस्या र जनअपेक्षा सुन्ने क्रममा उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने योजना प्रस्तुत गरिरहेका छन् । लेटाङमा आयोजित घरदैलो कार्यक्रममा स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै उनले भने, “राजनीति पदका लागि होइन, जनताको सेवा र परिवर्तनका लागि हो । मोरङ–१ को विकासलाई अब तीव्र गति दिनुपर्छ ।”

लिम्बूले विगतमा प्रदेशसभा सदस्यका रूपमा काम गर्दा हासिल गरेको अनुभवलाई संघीय संसदमा उपयोग गर्दै क्षेत्रीय विकासलाई संस्थागत ढंगले अघि बढाउने प्रतिबद्धता जनाए ।पारदर्शी शासन, प्रभावकारी सेवा प्रवाह र रोजगारी सृजनालाई केन्द्रमा राखेर दीर्घकालीन योजना कार्यान्वयन गर्ने उनको भनाइ छ।

चुनावी अभियानका क्रममा युवा, किसान, व्यवसायी तथा ज्येष्ठ नागरिकसँग अन्तरक्रिया गर्दै उनले विकासका अधुरा काम पूरा गर्ने र नयाँ सम्भावनालाई अवसरमा रूपान्तरण गर्ने अठोट व्यक्त गरेका छन् । मतदाताहरूले पनि उनको सक्रियता, स्पष्ट दृष्टिकोण र जनतासँगको निरन्तर सम्पर्कलाई सकारात्मक रूपमा लिएका छन्।

लोकतन्त्रमा मत नै सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै लिम्बूले भावनामा होइन, विवेकमा आधारित निर्णय गर्न आग्रह गरेका छन् । “देश र भविष्य पुस्ताको हितलाई केन्द्रमा राखेर सही नेतृत्व चयन गरौँ,” उनको आह्वान छ।

मोरङ–१ मा कुशल लिम्बूलाई विकासप्रेमी, सक्रिय र प्रतिबद्ध उम्मेदवारका रूपमा हेरिँदै आएको स्थानीय कार्यकर्ताहरूको दाबी छ। चुनाव नजिकिँदै जाँदा उनको पक्षमा जनसमर्थन क्रमशः सुदृढ बन्दै गएको बताइएको छ।

Comments are closed

Related Post