Email :90
काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राजनीति अहिले ‘पुराना’ र ‘नयाँ’ दलको बहसभन्दा पनि लोकतन्त्र पुनर्स्थापित गर्ने र नगर्ने विचमा ध्रुवीकृत हुँदै गएको बताएका छन्।
शनिबार पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको सचेत, सक्रिय र हस्तक्षेपकारी भूमिका सहित लोकतन्त्रका पक्षधर अन्य दल र नागरिक समाजको प्रयासका कारण प्रतिगमनको थप शृङ्खला रोक्न सफल भएको दाबी गरे। उनले भदौ २४ को विध्वंसलाई स्वीकार्ने कि अस्वीकार गर्दै लोकतन्त्र पुनर्स्थापित गर्ने भन्ने विषयमा स्पष्ट रूपमा ध्रुवीकृत हुँदै गएको बताएका छन्।
स्थापित राजनीतिक दललाई अस्वीकार र निषेध गर्ने अलोकतान्त्रिक व्यवहारबाट सरकार पछि हट्न बाध्य भएको र दलहरूसँग संवादको ठाउँमा आउनुपरेको उनको भनाइ थियो।














Comments are closed