Shopping cart

  • Home
  • स्वास्थ्य
  • मनकामना दर्शन गरेर फर्किँदै गरेको माइक्रोबस दुर्घटना हुँदा ७ जनाको मृत्यु ८ घाइते
मुख्य समाचार

मनकामना दर्शन गरेर फर्किँदै गरेको माइक्रोबस दुर्घटना हुँदा ७ जनाको मृत्यु ८ घाइते

Email :61

गोरखा :  मनकामना मन्दिर दर्शन गरेर फर्किँदै गरेको यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

सहिद लखन गाउँपालिका–३ कान्टारमा बा प्र ०१–००६ ख ८४३० नम्बरको माइक्रोबस आज साँझ दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए  ।

उनका अनुसार मृत्यु हुनेमा सबै भारतीय नागरिक छन् । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् ।

Comments are closed

Related Post