Email :133
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने तयारी गरेका छन् । सोही प्रयोजनका लागि आज अपराह्न ४ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।
सात दलका ७७ जना सांसदको समर्थनमा कांग्रेसका संसदीय दलका नेता यादव गत मंसिर १९ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।
अपराह्न ४ बजे बस्ने बैठकमा उस्थित हुन प्रदेश सांसदहरुलाई एसएमएस पठाइसकिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
संविधानको धारा १६८ को २ बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ ।














Comments are closed