Shopping cart

  • Home
  • समाज
  • भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाहरूको शान्तिका लागि विशेष प्रार्थना सभा हुँदै
अन्तर्राष्ट्रिय

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाहरूको शान्तिका लागि विशेष प्रार्थना सभा हुँदै

Email :56

काठमाडौं। नेपालमा गएको विनाशकारी बाढीका क्रममा ज्यान गुमाएका तथा प्रभावित नागरिकको शान्ति, मुक्ति र कल्याणको कामना गर्दै विशेष प्रार्थना सभा आयोजना गरिने भएको छ।
विश्व शान्ति संरक्षण प्रतिष्ठानको आयोजनामा २१औँ स्मृति दिवसका अवसरमा तेस्रो तथा अन्तिम दिनको विशेष प्रार्थना सभा आयोजना गर्न लागिएको हो। बाढीमा ज्यान गुमाएका सम्पूर्ण दिवंगत आत्माको स्मरण गर्दै शोकसन्तप्त परिवार तथा विपद्बाट प्रभावित सबैप्रति करुणा र सद्भाव प्रकट गर्ने उद्देश्यले प्रार्थना आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ।
प्रार्थना सभाको नेतृत्व क्याब्गोन जेद्रुङ्पा र  क्याब्जे श्याल्पा रिन्पोछेले गर्ने कार्यक्रम रहेको छ। पवित्र बाैध्द स्तुपाकाे  प्राङ्गणमा  आयोजना हुने कार्यक्रममा ठूलो संख्यामा धर्मसंघ तथा श्रद्धालुहरूको सहभागिता रहने जनाइएको छ।
कार्यक्रममा वज्रसत्त्व शुद्धीकरण साधना तथा पवित्र तान्त्रिक अनुष्ठानसमेत गरिनेछ। दिवंगत आत्माहरूको शान्ति एवं मुक्ति, शोकमा रहेका परिवारजनलाई शक्ति र सान्त्वना तथा विपद्बाट प्रभावित सबैको सुरक्षा, स्वास्थ्य र कल्याणका लागि सामूहिक प्रार्थना गरिनेछ।
भाद्ब ३१ गते विहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुने प्रार्थना सभामा सहभागीहरूले आफ्नो सुविधाअनुसार एक घण्टा वा सम्पूर्ण सत्रमा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।
प्रतिष्ठानले पवित्र धर्म, धर्मसंघको सामूहिक प्रार्थना र सहभागीहरूको करुणामय संकल्पले विपद्मा ज्यान गुमाएकाहरूलाई शान्ति तथा मुक्ति प्रदान गर्ने, शोकसन्तप्त परिवारमा धैर्य र शक्ति सञ्चार गर्ने तथा पीडितहरूमा आशा जगाउने विश्वास व्यक्त गरेको छ।
प्रार्थना सभामार्फत दिवंगत आत्माले शान्ति र मुक्ति प्राप्त गरून्, शोकसन्तप्त परिवारले शक्ति र सान्त्वना पाऊन्, प्रभावित सबैले सुरक्षा र संरक्षण प्राप्त गरून् तथा समाजमा करुणा र शान्ति फैलियोस् भन्ने मंगलकामना गरिएको छ।

Comments are closed

Related Post