Shopping cart

  • Home
  • समाज
  • बादललाई एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी,सुहाङले पाएनन् प्रस्तावक र समर्थक
देश

बादललाई एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी,सुहाङले पाएनन् प्रस्तावक र समर्थक

Email :61

काठमाडौं । नेकपा एमालेले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई दिएको छ ।

अध्यक्ष केपी शर्मा ओली ज्यानसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा हिरासतमा रहेकाले, उनी बाहिर नआउँदासम्मका लागि थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।

इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित युवा नेता सुहाङ नेम्बाङले चुनावी प्रतिस्पर्धाका लागि चुनौती दिए पनि उनको प्रस्ताव र समर्थक बस्न कोही सांसद तयार नहुँदा बादल सर्वसम्मत भएका हुन् ।

आजै बसेको एमाले संसदीय दलको बैठकले थापालाई संसदीय दलको नेतामा समेत चयन गरेको छ ।

थापा एमालेको गत महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए ।

Comments are closed

Related Post