Email :63
काठमाडौँ । भोटेकोशी बाढीमा बेपत्ता आफन्त जीवित भेटिने आशा टरेपछि परिवारजनले कुशबाट प्रतीकात्मक शव बनाएर पशुपति आर्यघाटमा सामूहिक अन्त्येष्टि गरेका छन्।
भदौ १० गतेको विनाशकारी बाढीमा बेपत्ता भएकाहरूको लामो समयसम्म अवस्था पत्ता नलागेपछि हिन्दू परम्पराअनुसार परिवारजनले कुशको शव बनाएर अन्तिम संस्कार गरेका हुन्।
पशुपति आर्यघाटका कर्मचारी अनिश सङ्गतका अनुसार बिहीबार मात्रै एक सयभन्दा बढी कुशका प्रतीकात्मक शव जलाइएको थियो।
आफन्तको वास्तविक शवसमेत देख्न नपाई गरिएको अन्तिम संस्कारले भोटेकोशी बाढीपीडित परिवारको पीडा, प्रतीक्षा र अनिश्चितताको चरम अवस्था झल्काएको छ।














Comments are closed