Shopping cart

  • Home
  • समाज
  • बहुमत सदस्य विशेष महाधिवेशनको पक्षमा रहेको थाहा पाएको कांग्रेसले बनायो बल्लतल्ल वार्ता समिति
देश

बहुमत सदस्य विशेष महाधिवेशनको पक्षमा रहेको थाहा पाएको कांग्रेसले बनायो बल्लतल्ल वार्ता समिति

Email :55

काठमाडौँ । नेपाली कांग्रेसको बहुमत सदस्य पार्टी विशेष महाधिवेशनको पक्षमा रहेको थाहा पाएको संस्थापन समूहले बल्लतल्ल वार्ता समिति बनाएका छन् ।

जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन समूह र विशेष महाधिवेशन समूहले वार्ता समिति बनाएका छन् ।

पार्टी संस्थापन समूहका तर्फबाट कार्यबाहक सभापति पूर्णबहादुर खड्का  रमेश लेखक र बालकृष्ण खाण सदस्य छन् । उता विशेष महाधिवेशन पक्षबाट नेताहरू प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सदस्य छन् ।

 

सोमबार दिउँसो नेता शेखर कोइरालाले महामन्त्री विश्वप्रकाश शर्मासँग छलफल गरेर दुई समूहबीच छलफलको वार्ताको वातावरण बनाउन समिति बनाउने प्रस्ताव गरेका थिए ।

संस्थापन पक्षले बेवास्ता गरे जारी विशेष महाधिवेशनबाट आजैदेखि निर्वाचन प्रक्रिया थाल्ने उनीहरूको चेतावनी छ । आजको संस्थापन र इतर पक्षको वार्तापछि विशेष महाधिवेशन कसरी अघि बढाउने भन्ने टुंगो लाग्ने नेताहरुले बताएका छन् ।

आजै कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकसमेत बोलाएको छ। केन्द्रीय कार्यसमिति बैठक बिहान ११ बजे पार्टी मुख्यालय सानेपामा सुरु हुँदैछ।

Comments are closed

Related Post