Shopping cart

  • Home
  • राजनिती
  • बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी” : प्रचण्ड
देश

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी” : प्रचण्ड

Email :124

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले क्रान्तिका उपलब्धिमाथि गर्व गर्ने समाजमा नै केही पात्रहरू अझै क्रान्तिको अपराधीकरणमा लागेको आरोप लगाउनुभयो। सम्बोधनका क्रममा उहाँले भन्नुभयो “मैले तपाईहरूलाई गणतन्त्रका फूल भनेको थिएँ। शान्तिप्रक्रियाको पूर्णता अब मेरोभन्दा पनि तपाईहरूको जिम्मेवारी हो। सामन्तवादविरुद्ध हामीले उठाएको बन्दूकले ढोका नखोलेको भए कहाँबाट यहाँ प्रवेश गरेर मन्त्री बन्नुहुन्थ्यो उत्पीडित समुदायका प्रतिनिधिहरू ? पार्टी जुनसुकै होस्, समावेशी र समानुपातिक प्रतिनिधित्वप्रति गर्व गर्ने हक प्रचण्डलाई छ भन्ने म ठान्दछु।”
उहाँले शान्ति प्रक्रियापछिको मधेशी अभियानको स्मरण गर्दै भन्नुभयो “शान्तिप्रक्रियालगत्तै काठमाडौंका भित्ताहरूमा हामीले मधेशी हुनुको गर्व स्थापित गर्न अभियान सञ्चालन गरेका थियौं। काठमाडौंसँग मधेशले काठमाडौंमै आफ्नो पहिचान र आत्मसम्मानको यति निर्भीक दाबी यसअघि कहिल्यै गरेको थिएन।”
प्रचण्डले प्रधानमन्त्री बालेन्द्र शाहको उदयलाई क्रान्तिको जीतको रूपमा व्याख्या गर्नुभयो। उहाँले भन्नुभयो, “बालेन्द्र शाह काठमाडौंको मेयर हुँदै आज देशकै प्रधानमन्त्री बन्नुभएको छ। पार्टी फरक होला, तर मेरा लागि यो क्रान्तिकै संकल्पको जीत हो।”

Comments are closed

Related Post