काठमाडौं । प्रेस काउन्सिल नेपालले धर्म तथा सम्प्रदायबीचको सामाजिक सद्भावमा खलल पुग्ने, हिंसा तथा घृणा फैलाउने प्रकृतिका सामग्रीमाथि अनुगमन तथा कारबाहीलाई तीव्रता दिएको छ।
काउन्सिलले सार्वजनिक गरेको विवरणअनुसार १५ वटा मिडियामा प्रकाशित/प्रसारित १९वटा सामग्री तथा ९ वटा दर्ता नभएका अनलाइन मिडिया र ३ जना इन्फ्लुएन्सरका सामाजिक सञ्जालमा रहेका १८ वटा सामग्री गरी कुल ३४ वटा सामग्री अनुगमनमा परेका छन्।
१५ वटा मिडियाका १६ वटा सामग्रीमध्ये टेलिफोनमार्फत तत्काल हटाउन निर्देशन दिइएकामा १३ वटा सामग्री हटाइएको छ भने २ वटालाई थप निर्देशन दिइएको काउन्सिलले जनाएको छ।
त्यसैगरी, दर्ता नभएका ९ वटा अनलाइन मिडिया र ३ जना इन्फ्लुएन्सरका सामग्रीमध्ये सम्पर्क हुन नसकेका ७ वटा सामाजिक सञ्जालका १५ वटा गम्भीर प्रकृतिका सामग्रीबारे साइबर ब्युरोलाई पत्राचार गरिएको छ। साथै ३ वटा सामग्री निर्देशनपछि हटाइएको काउन्सिलको विवरणमा उल्लेख छ।
काउन्सिलले धर्म, सम्प्रदायबीचको सद्भावमा प्रतिकूल असर पार्ने, उत्तेजना फैलाउने तथा हिंसा भड्काउने प्रकृतिका सामग्री प्रकाशन, प्रसारण वा सामाजिक सञ्जालमा साझा नगर्न सबै सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ।














Comments are closed