Shopping cart

  • Home
  • राजनिती
  • प्रवासीसँग नेकपा पाँचथरका उम्मेदवार हर्क नेम्बाङ ‘मिक्सो’ को भर्चुअल अन्तरक्रिया
देश

प्रवासीसँग नेकपा पाँचथरका उम्मेदवार हर्क नेम्बाङ ‘मिक्सो’ को भर्चुअल अन्तरक्रिया

Email :91

पाँचथर। नेपाली कम्युनिष्ट पार्टी पाँचथुरका उम्मेदवार हर्क नेम्बाङ ‘मिक्सोले प्रवासी पाँचथरेलीहरुसँग अन्तरक्रिया गरेका छन् । सामाजीक संजाल भर्चुअल माद्यमबाट नेम्बाङले अन्तरक्रिया गरेका हुन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी तीव्र पार्ने उद्देश्यसहित नेपाली कम्युनिष्ट पार्टीले प्रवासका पाँचथरेलीसँग भर्चुअल अन्तरक्रिया गरेको हो । उक्त कार्यक्रममा प्रवासमा रहेका नेता-कार्यकर्ता तथा शुभेच्छुकहरू सहभागी भई निर्वाचन तयारीबारे छलफल गरिएको छ। जुम माध्यमबाट आयोजित कार्यक्रममा नेकपाका प्रतिनिधि सभा सदस्य उम्मेदवार हर्क बहादुर नेम्बाङ ‘मिक्सो’ प्रमुख वक्ताका रूपमा सहभागी थिए।

 

उम्मेदवार नेम्बाङले आफ्नो उम्मेदवारी, निर्वाचन तयारी र भावी कार्यदिशाबारे जानकारी गराउँदै प्रवासमा रहेका नेता(कार्यकर्ता तथा शुभेच्छुकहरूलाई आफ्ना आफन्त र अभिभावकहरूसँग समन्वय गरी तारा चिन्हमा मतदान गराउन र डिजिटल माध्यमबाट प्रचार(प्रसारमा सक्रिय हुन आग्रह गरे। कार्यक्रममा वक्ताका रूपमा पार्टीका नेता, पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य कमल प्रसाद जवेगुले सम्बोधन गर्दै पाँचथर जिल्लाका लागि नेम्बाङ हालसम्म विवादरहित, निष्ठावान र उपयुक्त उम्मेदवार रहेको धारणा व्यक्त गरे।

 

भर्चुअल कार्यक्रममा जापान, कोरिया, युरोप, साउदी अरेबिया, कतार, दुबई र अमेरिका लगायत विभिन्न देशमा कार्यरत पाँचथरेली प्रवासी नेता(कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता थियो। सहभागीहरूले सबै प्रवासी एकजुट भई नेकपाका उम्मेदवार नेम्बाङलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमको सहजीकरण नेकपाका जिल्ला इन्चार्ज सिता थेवे र जिल्ला संयोजक विशाल रसाइलीले गरेका थिए। कार्यक्रम नेपाली कम्युनिष्ट पार्टी पाँचथर निर्वाचन प्रचार–प्रसार समिति (प्रवास) को आयोजनामा सम्पन्न भएको प्रवास संगठन जापानका सचिव सुजन आङ्बो लिम्बुले जानकारी दिए ।

 

सचिव आङ्बोका अनुसार, विदेशमा रहेका पाँचथरेली युवाहरूले आफ्नो उम्मेदवारलाई निष्ठावान, इमान्दार र सक्षम ठान्दै उहाँको विजयका लागि प्रवासबाटै संगठित अभियान सञ्चालन गर्ने निर्णय गरेका छन्। कार्यक्रममा चुनावी रणनीति तथा प्रवासी नेपालीहरूको भूमिकाबारे पनि व्यापक छलफल गरिएको थियो।

Comments are closed

Related Post