Shopping cart

  • Home
  • राजनिती
  • प्रलोपा गण्डकी अध्यक्ष शर्मा नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश
देश

प्रलोपा गण्डकी अध्यक्ष शर्मा नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

Email :65

बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका अध्यक्ष यज्ञ बल्लभ शर्मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

बागलुङका शर्माले नेकपाका नेताहरु दीनानाथ शर्मा र हितमान शाक्यले नेकपामा स्वागत गरेका थिए ।

तत्कालीन माओवादीबाट विद्रोह गरेर जनार्दन शर्माले गठन गरेको प्रलोपामा लागेका शर्मा आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका अध्यक्ष त्यागेर नेकपामा प्रवेश गरेका हुन् ।

बाबुराम भट्टराई र जनार्दन शर्माले मार्क्सवादी सिद्धान्त छोडेर समाजवादी आर्थिक कार्यक्रमसमेत नबनाएको आरोप लगाउने शर्मा पुरानै घरमा फर्केको प्रतिक्रिया दिए।

Comments are closed

Related Post