Shopping cart

  • Home
  • स्वास्थ्य
  • प्रचण्डकाे शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठक स्थल चुनबाङमा
मुख्य समाचार

प्रचण्डकाे शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठक स्थल चुनबाङमा

Email :42

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तात्कालिन नेकपा (माओवादी)को ऐतिहासिक बैठक स्थल चुनबाङको भेरीडाँडा पुग्नु भएको छ । प्रतिनिधि सभा सदस्यका लागि रुकुम पूर्वका उम्मेदवार प्रचण्डले मतदाता भेटघाटको क्रममा आज विहान माओवादीको केन्द्रीय समितिको बैठक स्थलको भ्रमण गर्नु भएको हो ।

 

२०६२ को असोजमा माओवादीको केन्द्रीय समितिको बैठक चुनबाङमा बसेको थियो। उक्त बैठकले लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव पारित गरेर संसदवादी राजनीतिक दलसँग सहकार्यको बाटो खोलेको थियो। माओवादीको ९५ सदस्यीय केन्द्रीय समितिलाई ३५ जनामा झारेको थियो। त्यो बैठकलाई ऐतिहासिक मानिन्छ।

संयोजक प्रचण्डले चुनबाङ बैठक स्थल, आफू र पत्नी सीता बसेको कोठा, छोरा प्रकाश दाहाल र अन्य नेताहरू बसेको घर र कोठाको अवलोकन गर्नुभयो। आफ्ना पत्नी र छोराका बारेमा राखिएका जिज्ञासामा भावुक हुनुभुएका प्रचण्डले नेपाली क्रान्तिमा उहाँहरूको योगदान रहेको संक्षिप्त प्रतिक्रिया दिनुभयो।
मतदाता भेटघाट र बैठक स्थलको भ्रमणको क्रममा चुनबाङ बैठकले जनयुद्धलाई लोकतान्त्रिक गणतन्त्रमार्फत शान्तितर्फ डोर्याएको बताउनुभयो। उहाले रुकुम क्रान्तिको सुरुआत र गणतन्त्रमार्फत शान्ति स्थापना गर्ने जिल्ला रहेको बताउनु भयो।
प्रचण्डले आजै चुनबाङको गैरीगाउँमा मतदाता भेटघाट गर्नुहुनेछ। आजै उहाँ पुथा उत्तर गाउँपालिकाको तकसेरा पुगेर मतदातासँग भेट गर्नुहुनेछ।
प्रचण्ड मतदाता भेटघाटका लागि तीनदिनदेखि रूकुम पूर्वमा हुनुहुन्छ। रुकुम पूर्व लुम्बिनी प्रदेशको एक मात्र पहाडी जिल्ला हो ।

Comments are closed

Related Post