Shopping cart

अन्तर्राष्ट्रिय

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

Email :48
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा ठूलो वृद्धि गरेको छ । नयाँ मूल्य आजैदेखि लागू भएको छ ।

निगम सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य प्रतिलिटर १७ रुपैयाँ, डिजेल र मट्टितेलको २५–२५ रुपैयाँ, खाना पकाउने एलपी ग्यासको प्रतिसिलिन्डर १०० रुपैयाँ र आन्तरिक हवाई इन्धनको प्रतिलिटर ६ रुपैयाँ बढाएको हो ।

नयाँ मूल्यअनुसार काठमाडौँ उपत्यकामा अब पेट्रोल २१९ रुपैयाँ, डिजेल र मट्टितेल २०७ रुपैयाँ प्रतिलिटर तथा एलपी ग्यास २ हजार १० रुपैयाँ प्रतिसिलिन्डर पुगेको छ । आन्तरिक हवाई इन्धनको मूल्य २५७ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

निगमका अनुसार मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ । सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिँदा पनि घाटा घट्न नसकेपछि मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ ।

मूल्यवृद्धिपछि पनि निगमलाई पाक्षिक करिब १० अर्ब २१ करोड रुपैयाँ घाटा हुने अनुमान छ । निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन अनुरोध गरेको छ ।

null

Comments are closed

Related Post