Shopping cart

  • Home
  • स्वास्थ्य
  • पूर्व प्रधानमन्त्री नेपालद्वारा प्रहरी हिरासतमा रहेका मनोज चौधरीसँग भेट
राजनिती

पूर्व प्रधानमन्त्री नेपालद्वारा प्रहरी हिरासतमा रहेका मनोज चौधरीसँग भेट

Email :137

वीरगंज । पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह संयाेजक माधव कुमार नेपालले बुधबार वीरगंज पुगेर पर्सा प्रहरीको हिरासतमा रहेका नेकपाका नेता तथा पर्सा क्षेत्र नम्बर–२ का उम्मेदवार मनोज चौधरीसँग भेटघाट गर्नुभएको छ।–

गत फागुन १९ गते उनी सवार गाडीमा शंकास्पद वस्तु फेला परेको आरोपमा पक्राउ परेका चौधरीसँग नेपालले जिल्ला प्रहरी कार्यालयमै पुगेर भेट गर्नुभएको हो । भेटका क्रममा उहाँले घटनाबारे विस्तृत जानकारी लिँदै चौधरीलाई धैर्य राख्न आग्रह गर्नुभयो। साथै, उहाँले चौधरीले चाँडै न्याय पाउने विश्वास समेत व्यक्त गर्नुभयो।

भेटका क्रममा नेपालले चौधरीको स्वास्थ्य अवस्थाबारे समेत चासो राख्नुभएको थियो । उहाँले हिरासतमा रहेका व्यक्तिको स्वास्थ्य अवस्था र मानवअधिकारको संरक्षणमा सम्बन्धित निकाय गम्भीर हुनुपर्नेमा जोड दिनुभयो।

नेपालले मनोज चौधरीलाई फसाउनका लागि षड्यन्त्र गरिएको हुनसक्ने आशंका व्यक्त गर्दै अदालतबाट न्याय हुनेमा विश्वास व्यक्त गर्नुभयो। नेपालसँगै नेकपाका पर्सा जिल्लाका नेताहरु पनि जिल्ला प्रहरी कार्यालय पुगेका थिए।

Comments are closed

Related Post