Shopping cart

  • Home
  • समाज
  • पार्टीको संगठनात्मक एकीकरणको बाँकी काम एक हप्ताभित्र सम्पन्न गर्छौं : माधवकुमार नेपाल
देश

पार्टीको संगठनात्मक एकीकरणको बाँकी काम एक हप्ताभित्र सम्पन्न गर्छौं : माधवकुमार नेपाल

Email :12

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले  पार्टीको संगठनात्मक एकीकरणको बाँकी काम एक हप्ताभित्रै सम्पन्न गर्ने गरी पहल भइरहेको जानकारी दिएका छन् ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सम्पर्क समन्वय प्रदेश कमिटीले नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरेको क्यालेण्डर विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उन निर्वाचनको परिणाम अपेक्षाअनुसार नआएको स्वीकार गर्दै नेपालले त्यसको गम्भीर समीक्षा हुनुपर्नेमा जोड दिए । उनले निर्वाचनमा कार्यकर्ताहरूको सक्रियता र इमानदारीबारे प्रश्न उठाउँदै आत्ममन्थन गर्न आग्रह गरे ।

‘केन्द्रीय संयोजन कमिटी ४५ सदस्यीय छ । यो कमिटीले अब सात दिनभित्र बैठक बसेर छलफल गरी आफ्ना धारणा प्रस्तुत गर्नेछ,’ नेपालले भने, ‘राष्ट्रिय समस्या, देशले भोगिरहेका चुनौती, राजनीतिक संकट, कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनले सामना गर्नुपरेका समस्याबारे सदस्यहरूले आफ्ना विचार राख्नुभएको छ । ती सबै विचारको मन्थन गरी हामी निष्कर्षमा पुग्ने छौं ।’

नेपालले कम्युनिष्टहरूले २००७ सालदेखि नै राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै कम्युनिष्ट नै सच्चा देशभक्त भएको दाबी गरे ।

‘अब एकताको भावनाका साथ एकीकृत पार्टीको रूपमा अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘हामी २६ वटा घटकसहित एकीकृत पार्टी निर्माणको प्रक्रियामा छौं ।’

Comments are closed

Related Post