Shopping cart

  • Home
  • राजनिती
  • नेपाली कम्युनिष्ट पार्टीका नेता मातृका यादवको सांसद पद् कायम रहने सर्वोच्चको आदेश
देश

नेपाली कम्युनिष्ट पार्टीका नेता मातृका यादवको सांसद पद् कायम रहने सर्वोच्चको आदेश

Email :103

काठमाडौं । सर्वोच्च अदालतले धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध दायर रिटमा तत्काल अन्तरिम आदेश जारी नगर्ने आदेश गरेको छ।

किशोरी साहले निर्वाचन आयोगको निर्णय खारेज गरी आफ्नो उम्मेदवारी कायम राख्नुपर्ने माग गर्दै अन्तरिम आदेशसमेत माग गरेका थिए। तर, सर्वोच्चले उनको मागमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासको यो आदेशसँगै निर्वाचन आयोगको निर्णय हाललाई यथावत् रहने भएको छ। यसले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मातृका यादवलाई निर्वाचित भएको घोषणा गर्ने निर्वाचन अधिकृतको कार्यालयको निर्णय सदर हुने भएको छ।

Comments are closed

Related Post