Shopping cart

  • Home
  • समाज
  • नेपाली कम्युनिष्ट पार्टी पर्वतका उम्मेदवार मनहरी तिमिल्सिनाले मतदातालाई गरे सोचविचारसहित मतदान गर्न आग्रह
देश

नेपाली कम्युनिष्ट पार्टी पर्वतका उम्मेदवार मनहरी तिमिल्सिनाले मतदातालाई गरे सोचविचारसहित मतदान गर्न आग्रह

Email :45

पर्वत । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मनहरी तिमिल्सिनाले जिल्लाको समग्र विकास र समृद्धिका लागि साझा लक्ष्यमा एकजुट हुन मतदातालाई आह्वान गरेका छन्।

 

जलजला गाउँपालिका मा आयोजित जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै तिमिल्सिनाले योग्य, सक्षम र दूरदर्शी नेतृत्वले मात्र पर्वतको भविष्य सुरक्षित गर्न सक्ने उल्लेख गरे। उनले मतदातालाई गम्भीरतापूर्वक सोचेर मतदान गर्न आग्रह गर्दै भने, “जिल्लाको समग्र विकासका लागि सही नेतृत्व चयन गर्नु आजको आवश्यकता हो।”

 

कार्यक्रममा उनले सबै राजनीतिक दलप्रति सम्मान व्यक्त गर्दै मतदातालाई जिम्मेवार निर्णय लिन प्रेरित गरे। “तपाईं जुनसुकै दलमा विश्वास गर्नुहुन्छ, म सबैप्रति समान सम्मान व्यक्त गर्दछु। भनिन्छ– ‘कि तपाईं असल मान्छे राजनीतिमा आउन तयार हुनुहुन्छ, कि खराब मानिसबाट शासित हुन तयार हुनुहुन्छ,’” उनले भने।

 

तिमिल्सिनाले स्थानीय आवश्यकता र समस्यालाई प्रत्यक्ष संवादमार्फत बुझेर योजनाबद्ध समाधान प्रस्तुत गर्ने प्रतिबद्धता जनाए। उनले जलस्रोत व्यवस्थापन, शिक्षा, स्वास्थ्य, सडक निर्माण, कृषि विकास, विज्ञान–प्रविधि र नवप्रवर्द्धनमार्फत रोजगारी सिर्जनालाई आफ्नो चुनावी प्राथमिकतामा राख्ने स्पष्ट पारे।

 

उनले पर्वतको भाग्य बदल्ने जिम्मा र समय अहिले मतदाताकै हातमा रहेको उल्लेख गर्दै अमूल्य मत योग्य उम्मेदवारलाई दिन आग्रह गरे। “हामीले सही निर्णय गर्न सकेमा मात्र पर्वतको भविष्य उज्ज्वल हुनेछ। विकास र समृद्धिको मार्ग तपाईंको मतबाट तय हुन्छ,” उनले जोड दिए।

 

नेकपा पर्वतका अनुसार जनभेटघाट अभियानले स्थानीय तहमा उत्साह थपेको छ। कार्यक्रममा सहभागीहरूले तिमिल्सिनाको जिम्मेवार, पारदर्शी र विकासमुखी नेतृत्वशैलीप्रति सकारात्मक प्रतिक्रिया दिएका थिए।

 

पर्वतका मतदाताका लागि अब निर्णयको घडी आएको छ उनले भने । योग्य नेतृत्वको चयनमार्फत जिल्लालाई विकास र समृद्धिको मार्गमा अघि बढाउने जिम्मेवारी सम्पूर्ण नागरिकको काँधमा रहेको छ।

Comments are closed

Related Post