Email :88
काठमाण्डौं । नेपाल पत्रकार महासङ्घका पूर्व सभापति होमनाथ दाहालको निधन भएको छ । उनको निधन पुस २५ गते साँझ वीर अस्पतालमा उपचारार्थ पुर्याउदै गर्दा भएको बताईएको छ । ८४ वर्षीय दाहाल केही समयता केही अस्वस्थ थिए ।
उनी नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, वरिष्ठ पत्रकार ओखल्ढुङ्गा जिल्बाट पूर्व साम्सद, पूर्व मन्त्री समेत भएका थिए
उनकी धर्मपत्नी सुधा दाहाल यतिखेर वीर अस्पतालमै उपचारार्थ छन् । दाहालका २ छोरा छन् ।
दाहाललाई आज २६ गते विहान ७ बजेदेखि ९ बजेसम्म निजी निवास( मैतीदेवी नजीक धोवीखोलापट्टी ) मा श्रद्धान्जलि अर्पण गरिने र ९.३० पछि पशुपति आर्यघाटमा श्रद्धान्जलि तथा दाह संस्कार गरिने परिवारिक स्रोतले जनाएको छ ।














Comments are closed