Shopping cart

  • Home
  • राजनिती
  • नेकपाले कतै पनि चुनावी तालमेल गर्दैन: प्रचण्ड
देश

नेकपाले कतै पनि चुनावी तालमेल गर्दैन: प्रचण्ड

Email :44

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब अन्यत्र कतै पनि चुनावी समीकरण नहुने स्पष्ट दाबी गर्नुभएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उहाँले नेकपा यसपटक आफ्नै एजेन्डा, आफ्नै संगठन र जनताको बलमा निर्वाचनमा जाने अडानमा अडिग रहेको बताउनुभयो।

प्रचण्डले बाग्लुङमा जनमोर्चासँग भएको एक सिटको प्राविधिक तालमेललाई “अपवाद” का रूपमा व्याख्या गर्दै अन्य कुनै स्थानमा तालमेल वा गठबन्धनको सम्भावना नरहेको प्रस्ट पार्नुभयो। “हामी आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं,” उहाँको भनाइ थियो, “जनताको विश्वास र हाम्रो राजनीतिक स्पष्टतामाथि हामीलाई पूरा भरोसा छ।”

उहाँले पार्टीले दुई प्रकारका ‘अतिवादी प्रवृत्ति’ सँग दूरी कायम गर्ने नीति लिएको पनि दोहोर्‍याउनुभयो। २३ गतेको युवा हत्या प्रकरण र २४ गते सरकारी संरचनामा भएको विध्वंसलाई संकेत गर्दै उहाँले ती दुवै प्रवृत्तिसँग कुनै पनि हालतमा चुनावी तालमेल नगर्ने अडान रहेको बताउनुभयो। “नेकपा राष्ट्र, लोकतन्त्र र जनताको पक्षमा दृढतापूर्वक उभिएको शक्ति हो,” प्रचण्डले भन्नुभयो, “हामी हिंसा र अराजकतासँग जोडिने कुनै समीकरणमा जाँदैनौं।”

बजारमा चलेका ‘महागठबन्धन’ वा अन्य समीकरणसम्बन्धी चर्चालाई उहाँले नियोजित भ्रम र ‘फेक न्यूज’ भन्दै पूर्ण रूपमा खारेज गर्नुभयो। पार्टीभित्र अन्यत्र तालमेल गर्ने विषयमा कुनै नीतिगत छलफल नै नभएको उल्लेख गर्दै उहाँले बाग्लुङबाहेक अन्यत्र सहकार्य नहुने स्पष्ट सन्देश दिनुभयो।

Comments are closed

Related Post