Shopping cart

  • Home
  • समाज
  • निर्वाचन रिपोर्टिङलाई सन्तुलित र विश्वसनीय बनाउन पत्रकार महासंघको अभिमुखीकरण
देश

निर्वाचन रिपोर्टिङलाई सन्तुलित र विश्वसनीय बनाउन पत्रकार महासंघको अभिमुखीकरण

Email :73

काठमाडौँ । निर्वाचन रिपोर्टिङलाई तथ्यपरक, सन्तुलित र विश्वसनीय बनाउन नेपाल पत्रकार महासंघले अभिमुखीकरण कार्यक्रम गरेको छ ।

शुक्रबार काठमाण्डौंमा आयोजित उक्त कार्यक्रममा महासंघले पत्रकारलाई आचारसंहिताको प्रभावकारी पालना, जिम्मेवार समाचार सम्प्रेषण तथा पेसागत मर्यादाबारे स्पष्ट मार्गदर्शन दिएको छ ।

निर्वाचन आयोगका आयुक्त डा जानकी तुलाधरले आयोग प्रेसलाई नियन्त्रण गर्ने पक्षमा नभई सहकार्य गर्दै अघि बढ्न प्रतिबद्ध रहेको बताइन् ।

उनले निर्वाचनका क्रममा पत्रकारको भूमिका अत्यन्त संवेदनशील र महत्त्वपूर्ण हुने उल्लेख गर्दै सत्य, पुष्टि गरिएका तथा सन्तुलित समाचार सम्प्रेषण गर्न आग्रह गरिन् ।

‘स्वतन्त्र र जिम्मेवार पत्रकारिताले मात्र स्वच्छ र निष्पक्ष निर्वाचनलाई सुदृढ बनाउन सक्छ,’ आयुक्त डा तुलाधरले भनिन् । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले निर्वाचनअघि आयोजना गरिएको यस्तो कार्यक्रमले पत्रकारको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै के गर्ने र के नगर्ने भन्ने विषयमा स्पष्टता ल्याउने विश्वास व्यक्त गरिन् ।

उनले पत्रकारलाई भयरहित वातावरणमा सूचना संकलन र समाचार सम्प्रेषण गर्न सहयोग गर्न सबै सरोकारवालासँग आग्रह गरिन् ।

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले निर्वाचनअघि आयोजना गरिएको यस्तो कार्यक्रमले पत्रकारको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै के गर्ने र के नगर्ने भन्ने विषयमा स्पष्टता ल्याउने विश्वास व्यक्त गरिन् । उनले पत्रकारलाई भयरहित वातावरणमा सूचना संकलन र समाचार सम्प्रेषण गर्न सहयोग गर्न सबै सरोकारवालासँग आग्रह गरिन् ।

महासंघका सचिव प्रकाश धौलाकोटीले उपत्यकामा कार्यरत पत्रकारहरूका लागि निर्वाचन आचारसंहितासम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । उनले शनिबारदेखि सातै प्रदेशमा यस्ता कार्यक्रम विस्तार गरिने पनि बताए ।

 

निर्वाचन रिपोर्टिङलाई तथ्यपरक, सन्तुलित र विश्वसनीय बनाउन महासंघले अभिमुखीकरण कार्यक्रम आयोजना गरेको जनाएको छ। कार्यक्रममा आचारसंहिताको प्रभावकारी पालना, जिम्मेवार समाचार सम्प्रेषण र पेसागत मर्यादाबारे स्पष्ट मार्गदर्शन दिइएको थियो ।

 

सहभागी सञ्चारकर्मीहरूले निर्वाचनका क्रममा निष्पक्षता, व्यावसायिकता र आचारसंहिताको पूर्ण पालना गर्दै विश्वसनीय पत्रकारिता गर्ने प्रतिबद्धता जनाएका थिए।

Comments are closed

Related Post