Shopping cart

  • Home
  • समाज
  • निरौलाको कथासंग्रह ‘प्रेमाश्रु’ लोकार्पण
देश

निरौलाको कथासंग्रह ‘प्रेमाश्रु’ लोकार्पण

Email :95

काठमाडौं । साहित्यकार विमला ढुंगना निरौलाको कथासंग्रह ‘प्रेमाश्रु’ लोकार्पण गरिएको छ ।

सोमबार काठमाडौंमा एक विशेष कार्यक्रमबीच प्रमुख अतिथि स्रष्टा समाजका अध्यक्ष श्रीओम ‘रोदन’, कार्यक्रमका सभापति कृष्ण भुसाल, समिक्षक प्राडा.यज्ञश्वर निरौला, कृतिकार निरौला, साहित्यकार प्रमोद प्रधान, कृतिका सम्पादक रमेश दाहाल, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापालगायत मञ्चासिन व्यक्तित्व र अग्रभागमा रहनुभएका सम्पूर्ण व्यक्तित्वले उक्त कृतिको लोकार्पण गर्नुभएको हो ।

कृतिको समिक्षा डा.यज्ञश्वर निरौला,साहित्यकार प्रमोद प्रधानले गर्नुभएको थियो ।

साहित्यकार भैरवी भुगोलको सहजीकरण मिलाप पब्लिकेशनको आयोजनामा भएको लोकार्पण कार्यक्रममा स्रष्टा विमला निरौलालाई मिलाप कभर सम्मान पनि हस्तान्तरण गरिएको थियो । कार्यक्रममा विश्व कीर्तिमानी संगीकार सन्तोष श्रेष्ठ, साहित्यकार सीता पाण्डे, लक्ष्मी उप्रेती, डा.फणिन्द्रराज निरौला र गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले शुभकामना मन्तव्य राख्नुभएको थियो । उहाँहरूले बालसाहित्यमा कलम चलाउँदै आउनुभएकी स्रष्टा विमलालाई कथासंग्रहका लागि बधाई तथा शुभकामना दिँदै संग्रहमा रहेको कथा उत्कृष्ट रहेको धारणा राख्नुभएको थियो ।

कार्यक्रमका सभापति कृष्ण भुसलाले ‘प्रेमाश्रु’मा धेरै कथामा प्रेमलाई प्राथमिकता दिएर लेखिएको बताउँदै प्रेम दिवसमा पाठकमाझ आएको बताउनुभयो । उहाँले मिलापले गर्दै आएका कार्यको चर्चा गर्नुभएको थियो ।

Comments are closed

Related Post