Shopping cart

  • Home
  • राजनिती
  • नागरिकले घरदैलोमा सरकार भएको अनुभूति गर्ने गरी काम गर्न राष्ट्रपति पौडेलको अनुरोध (पूर्णपाठ)
देश

नागरिकले घरदैलोमा सरकार भएको अनुभूति गर्ने गरी काम गर्न राष्ट्रपति पौडेलको अनुरोध (पूर्णपाठ)

Email :51

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकले घरदैलोमा सरकार भएको अनुभूति गर्ने गरी काम गर्न अनुरोध गर्नुभएको छ । शुक्रबार सङ्घीय संसद्‍को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सम्बोधन गर्दै भन्नुभयो, ‘भ्रष्टाचार नियन्त्रण गरी सुशासनको प्रत्याभूत गर्न तथा आम नागरिकमा राज्यको अनुभूति दिलाउन सार्वजनिक सेवा प्रवाह चुस्त–दुरुस्त हुनुपर्दछ । सरकारी संयन्त्रको सेवाप्रवाहमा हुने ढिलासुस्ती र अनियमितता हटाएर नागरिकले घरदैलोमै सरकार छ भन्ने अनुभूति गर्न सक्ने गरी सेवाप्रवाहको व्यवस्था मिलाउन सरकारले कुनै कसर बाँकी राख्ने छैन भन्ने पनि मेरो विश्वास छ ।’

 

 

Comments are closed

Related Post