Shopping cart

  • Home
  • समाज
  • नरसंहारकारी सरकार र प्रधानमन्त्री ओलीलाई तत्काल राजीनामा दिन माधव नेपालको सुझाव
अन्तर्राष्ट्रिय

नरसंहारकारी सरकार र प्रधानमन्त्री ओलीलाई तत्काल राजीनामा दिन माधव नेपालको सुझाव

Email :99

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नरसंहारकारी सरकार र प्रधानमन्त्री ओलीलाई तत्काल राजीनामा दिन सुझाव दिएका छन् ।

उनले मङ्गलवार विज्ञप्ति जारी गर्दै निहत्था युवाहरूमाथि गरिएको सरकारी दमन र ज्यादतीको जति निन्दा गरे पनि कम नहुने बताएका छन् । नेपालले सरकारी दमनमा परी निधन हुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

‘युवाहरूका जायज मागहरूको सम्बोधन नगरी उल्टो चरम दमन र अपमान गर्ने वर्तमान सरकारको दमनकारी, अहङ्कारी एवम् हेपाहा कार्यशैलीकै कारण नै यो बीभत्स घटना निम्तिएको ठहर गर्दै नरसंहारकारी वर्तमान सरकार र यसका प्रधानमन्त्रीलाई एक मिनेट पनि पदमा बस्ने नैतिक आधार छैन’, पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले भनेका छन्, ‘अतः वर्तमान प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्दछ ।’

उनले घटनाका सबै दोषीहरू पत्ता लगाई कारबाही गर्न तत्काल उच्चस्तरीय न्यायिक आयोग गठन गरिनुपर्ने बताएका छन् ।

‘जेन जी युवाहरूले उठाएका यी जायज मागहरूप्रति म र हाम्रो पार्टीको तर्फबाट पूर्ण समर्थन गर्दै जारी आन्दोलनलाई संयमित रूपमा सञ्चालन गरी दिशाहिन हुनबाट रोक्दै निष्कर्षमा पु¥याउन सम्बद्ध सबै पक्षलाई जिम्मेवार हुन समेत अनुरोध गर्दछु’, नेपालले भनेका छन् ।

Comments are closed

Related Post