Shopping cart

  • Home
  • राजनिती
  • धनुषा-१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज
देश

धनुषा-१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

Email :73

धनुषा । धनुषा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (ज) बमोजिम उम्मेदवार हुन अयोग्य ठहर गर्दै साहको उम्मेदवारी रद्द गर्ने निर्णय गरेको जनाएको छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार मनोनयन दर्तापछि उम्मेदवारको योग्यता–अयोग्यता सम्बन्धी कागजात र विवरणहरूको परीक्षण गर्दा कानुनी प्रावधानअनुसार आवश्यक मापदण्ड पूरा नभएको निष्कर्ष निकालिएको हो। सोही आधारमा आयोगले कानुनले निर्दिष्ट गरेको अयोग्यताको दायरामा पर्ने देखिएको भन्दै उम्मेदवारी खारेज गरेको स्पष्ट पारेको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ मा उम्मेदवार हुनका लागि आवश्यक योग्यता तथा अयोग्यतासम्बन्धी व्यवस्था गरिएको छ। खण्ड (ज) अन्तर्गत तोकिएका प्रावधानहरू पूरा नगरेको अवस्थामा सम्बन्धित व्यक्तिलाई उम्मेदवार हुन अयोग्य मानिने व्यवस्था छ।

null

Comments are closed

Related Post