Shopping cart

  • Home
  • समाज
  • दोस्रो विजयोपहार र मुक्ताकाशका सितारा लोकार्पण
देश

दोस्रो विजयोपहार र मुक्ताकाशका सितारा लोकार्पण

Email :68

काठमाडौँ । मुक्तकका दुई कृति “दोस्रो विजयोपहार र मुक्ताकाशका सितारा” मुक्तकालयले दुई कृति लोकार्पण भएको छ । मुक्ताकालयद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा साहित्यकार उषा शेरचन, रामकाजी कोने, काठमाडौँ महानगरपालिकाका वडा–१५ का अध्यक्ष इश्वर डङ्गोल र रमेश पौडेलले उक्त कृतिको संयुक्त रूपमा लोकार्पण गरेका हुन् ।

सो अवसरमा साहित्यकार उषा शेरचनले साहित्य क्षेत्रमा मुक्तक विधाको पहिचान बनाउन विगतमा गरिएको सङ्घर्षको परिणाम अहिले देखिँदै आएको बताइन् । उनले कवितालगायत अन्य विधामा कलम चलाउने सर्जक धेरै थिए, तर मुक्तक विधामा कमैले छान्थे, भन्दै विगतको स्मरण गरीन । नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले मुक्तक विधामा समर्पित सर्जक बढ्दै गएको र मुक्तक विधाका संस्थाहरू एकजुट भएर यस विधाका सर्जकको हौसला बढाउँदै जानुपर्ने बताए ।

मुक्तकालयका अध्यक्ष निलन्जला भारद्वाजले मुक्तकालयले मुक्तक विधामा कलम चलाउने स्रष्टाको हौसलाका लागि मुक्तकहरूको सङ्कलन गरी कृतिका रूपमा ‘मुक्ताकाशका सितारा’ पुस्तक प्रकाशन गरेको बताइन् ।

 

त्यसै गरी दोस्रो विजयोपहार पुस्तकका संयोजक सुनिल अधिकारीले हरेक शुक्रबार फोटो मुक्तक शीर्षकमा आयोजना गरेको मुक्तक प्रतियोगितामा सहभागी भएर विजयी सर्जकका मुक्तकहरू समेटेर ‘दोस्रो विजयोपहार’ कृति तयार भएको जानकारी दिए । सो अवसरमा पुस्तकमा कृति समेटिएका सर्जकहरूलाई पाँच सय नगदसहित एकरएक वटा पुस्तक उपहारका रूपमा प्रदान गरिएको थियो ।

Comments are closed

Related Post