Shopping cart

  • Home
  • राजनिती
  • देशभर ६० प्रतिशत मतदान भएकाे आयाेगकाे दाबी
देश

देशभर ६० प्रतिशत मतदान भएकाे आयाेगकाे दाबी

Email :56

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको निर्वाचन आयोग ले जनाएको छ।

बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले देशभरबाट प्राप्त प्रारम्भिक सूचनाअनुसार करिब ६० प्रतिशत मतदान भएको जानकारी दिए। उनका अनुसार मतदान प्रक्रिया समग्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

आयोगका अनुसार सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी सम्बन्धित स्थानमा पुर्‍याउने कार्य जारी छ। मतपेटिका सुरक्षित रूपमा संकलन भएपछि निर्धारित कानुनी प्रक्रिया पूरा गरी मतगणना सुरु गरिने जनाइएको छ।

विभिन्न जिल्लाबाट मतपेटिका संकलनको काम भइरहेको आयोगले जनाएको छ। मतगणना कहिलेदेखि सुरु गर्ने भन्ने विषयमा आवश्यक तयारी पूरा भएपछि औपचारिक जानकारी दिइनेछ।

यसपटक देशभरका मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। निर्वाचन प्रक्रिया व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सहयोग गर्ने सुरक्षा निकाय, कर्मचारी तथा मतदाताप्रति आयोगले आभार व्यक्त गरेको छ।

null

Comments are closed

Related Post