काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित हुन आव्हान गर्नुभएको छ ।
उहाँले त्यसका लागि नविन सोच, शैली र योजना एवम् त्यसलाई पुरा गर्न दृढ अठोट, उर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो रहेकोमा जोड दिनुभएको छ ।
राष्ट्रपति पौडेलले ३१ औँ महानगर दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गर्नुभएको हो ।
“सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित होऔँ, इतिहासबाट अनुभव, पाठ र शिक्षा लिएर वर्तमानको चाहना र आवश्यकता सम्बोधन गरी भावी सन्ततिलाई समृद्ध नेपाल सुम्पन्ने दायित्व हाम्रो काँधमा छ, यो दायित्व पूरा गर्नबाट हामी चुक्न हुँदैन भन्ने म ठान्दछु, त्यसका लागि नविन सोच, शैली र योजना तथा त्यसलाई पुरा गर्न दृढ अठोट, उर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
उहाँले राजनीति पेशा, व्यवसाय होइन यो त समाजसेवाको उत्कृष्ट माध्यम हो भन्ने भाव हामी सबैमा जागृत हुन जरुरी छ भन्नुभयो । “नेपाली जनताले यतिबेला हामीसँंग गरेको मुख्य अपेक्षा नै यही हो भन्ने पनि हामी नभुलौं”, राष्ट्रपति पौडेलले भन्नुभयो । युवा पुस्ताको आन्दोलनमा प्रकट भएको चाहना पनि यही रहेको उहाँको भनाई थियो ।
मुलुकसामु विद्यमान समस्यालाई निकास दिनका लागि जनताको अभिमत लिने विषय लोकतन्त्रको सबैभन्दा उच्चतम विधि भएकाले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल पारेर अघि बढ्न राष्ट्रपति पौडेलले अपिल गर्नुभयो ।
“मुलुकसामु विद्यमान समस्यालाई निकास दिनका लागि जनताको अभिमत लिने विषय लोकतन्त्रको सबैभन्दा उच्चतम विधि हो, त्यही भएर युवा पुस्ताले चाहेको परिवर्तनको चाहनालाई मुर्तरुप दिन आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ, यसलाई सफल पारेर अघि बढौँ र सामाजिक न्यायसहित सुशासनका माध्यमबाट समृद्ध नेपाल निर्माणको अभियानमा सहभागी बनौं भन्ने अपिल पनि म यस अवसरमा गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
काठमाडौँ महानगरपालिकाले सम्पादन गरेका काम, प्रवाह गरेको सेवा र विस्तार गरेको सम्बन्धबाट स्थानीय सरकारका रुपमा आफ्नो जिम्मेवारीबोधलाई उजागर गरेको तथा आर्थिक, सामाजिक, भौतिक विकास र सहरी व्यवस्थापनमा देखाएको नविनपना र सक्रियता प्रशंसनीय रहेको उहाँको भनाई थियो । “सेवाग्राही, लाभग्राहीलाई प्रदान गरिएका सेवा, सुविधा र योजनाले महानगरमा रहेको युवा नेतृत्व र ऊर्जाशील जनप्रतिनिधिको सक्रियताको सार्थकता पुष्टि गरेको मैले ठानेको छु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
उहाँले सहरी सुव्यवस्थापन, नदी तथा जल प्रणाली, हरियाली प्रवर्धनसहित प्राकृतिक सम्पदा, मठमन्दिर, तलाउ, पोखरी, ढुङ्गेधारा, भौतिक सम्पदाको अस्तित्व पुनःस्थापना, एकीकृत सहरी विकासको प्रयास महानगरपालिकाका उदाहरणीय काम हुन् भन्नुभयो । साथै उहाँले विद्युतीय शासनमा सूचना सञ्चार तथा सञ्चार प्रविधिको उच्चतम प्रयोग, एकीकृत प्रणालीबाट पारदर्शी एवं उत्तरदायी सेवाका लागि एकल सेवा केन्द्र सञ्चालन, गुनासो व्यवस्थापन प्रणालीलाई प्राथमिकता दिनुले महानगरपालिकालाई नागरिकमैत्री, उत्तरदायी, पारदर्शी र सेवाग्राहीमैत्री बनाएको बताउनुभयो । “यसले नागरिकको आँगनको सरकार स्थानीय शासनका लागि सवल भएको सन्देश दिएको छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
काठमाडौँ, नेपालको राजनीतिक परिवर्तन तथा शासकीय व्यवस्था रुपान्तरणको अनुभूति गर्ने सहर पनि भएकाले यो महानगरले अख्तियार गर्ने नीति, योजना, काम र कार्यक्रम मात्र होइन यसका भोगाइ तथा सिकाइ अन्य पालिकाका लागि उदाहरणीय हुने धारणा उहाँले व्यक्त गर्नुभयो । “त्यसैले, तपाईँहरूले काम गर्दा सदैव उत्कृष्ट नीति, कार्यक्रम र योजना प्रस्तुत गर्न कुनै कसर बाँकी राख्नुहुने छैन भन्ने मैले विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले राजधानी सहरको समृद्धिका लागि महानगरपालिकाले बनाएको नीतिगत व्यवस्था, कार्यक्रम, योजना कार्यान्वयनमा सङघ र प्रदेश सरकारलगायत सबै निकायको साथ र सहयोग जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।
सो अवसरमा राष्ट्रपति पौडेलले इतिहास र संस्कृतिको बेजोड संगमका रुपमा रहेको राजधानीस्थित् आधुनिक समयका महानगरवासीको आवश्यकता, चाहना र सपना सम्बोधन गर्र्ने गुरुत्तर दायित्व निर्वाहमा काठमाडौ महानगरपालिकाले आगामी दिनमा अझ प्रभावकारी ढङ्गले काम गर्नै विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा उपराष्टपति रामसहाय प्रसाद यादव, प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालकाे सहभागिता रहेकाे थियाे । महानगर दिवसका अवसरमा विभिन्न विधामा विशिष्ट याेगदान पुर्याउने व्यक्तित्वलाई राष्ट्रपति पाैडेलले सम्मान गर्नुभएकाे थियाे भने उपराष्टपति यादवले उत्कृष्ट काम गर्ने जनप्रतिनिधिलाई पुरस्कार दिनुभएकाे थियाे ।काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित हुन आव्हान गर्नुभएको छ । उहाँले त्यसका लागि नविन सोच, शैली र योजना एवम् त्यसलाई पुरा गर्न दृढ अठोट, उर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो रहेकोमा जोड दिनुभएको छ ।
राष्ट्रपति पौडेलले ३१ औँ महानगर दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गर्नुभएको हो ।
“सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित होऔँ, इतिहासबाट अनुभव, पाठ र शिक्षा लिएर वर्तमानको चाहना र आवश्यकता सम्बोधन गरी भावी सन्ततिलाई समृद्ध नेपाल सुम्पन्ने दायित्व हाम्रो काँधमा छ, यो दायित्व पूरा गर्नबाट हामी चुक्न हुँदैन भन्ने म ठान्दछु, त्यसका लागि नविन सोच, शैली र योजना तथा त्यसलाई पुरा गर्न दृढ अठोट, उर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
उहाँले राजनीति पेशा, व्यवसाय होइन यो त समाजसेवाको उत्कृष्ट माध्यम हो भन्ने भाव हामी सबैमा जागृत हुन जरुरी छ भन्नुभयो । “नेपाली जनताले यतिबेला हामीसँंग गरेको मुख्य अपेक्षा नै यही हो भन्ने पनि हामी नभुलौं”, राष्ट्रपति पौडेलले भन्नुभयो । युवा पुस्ताको आन्दोलनमा प्रकट भएको चाहना पनि यही रहेको उहाँको भनाई थियो ।
मुलुकसामु विद्यमान समस्यालाई निकास दिनका लागि जनताको अभिमत लिने विषय लोकतन्त्रको सबैभन्दा उच्चतम विधि भएकाले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल पारेर अघि बढ्न राष्ट्रपति पौडेलले अपिल गर्नुभयो ।
“मुलुकसामु विद्यमान समस्यालाई निकास दिनका लागि जनताको अभिमत लिने विषय लोकतन्त्रको सबैभन्दा उच्चतम विधि हो, त्यही भएर युवा पुस्ताले चाहेको परिवर्तनको चाहनालाई मुर्तरुप दिन आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ, यसलाई सफल पारेर अघि बढौँ र सामाजिक न्यायसहित सुशासनका माध्यमबाट समृद्ध नेपाल निर्माणको अभियानमा सहभागी बनौं भन्ने अपिल पनि म यस अवसरमा गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
काठमाडौँ महानगरपालिकाले सम्पादन गरेका काम, प्रवाह गरेको सेवा र विस्तार गरेको सम्बन्धबाट स्थानीय सरकारका रुपमा आफ्नो जिम्मेवारीबोधलाई उजागर गरेको तथा आर्थिक, सामाजिक, भौतिक विकास र सहरी व्यवस्थापनमा देखाएको नविनपना र सक्रियता प्रशंसनीय रहेको उहाँको भनाई थियो । “सेवाग्राही, लाभग्राहीलाई प्रदान गरिएका सेवा, सुविधा र योजनाले महानगरमा रहेको युवा नेतृत्व र ऊर्जाशील जनप्रतिनिधिको सक्रियताको सार्थकता पुष्टि गरेको मैले ठानेको छु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
उहाँले सहरी सुव्यवस्थापन, नदी तथा जल प्रणाली, हरियाली प्रवर्धनसहित प्राकृतिक सम्पदा, मठमन्दिर, तलाउ, पोखरी, ढुङ्गेधारा, भौतिक सम्पदाको अस्तित्व पुनःस्थापना, एकीकृत सहरी विकासको प्रयास महानगरपालिकाका उदाहरणीय काम हुन् भन्नुभयो । साथै उहाँले विद्युतीय शासनमा सूचना सञ्चार तथा सञ्चार प्रविधिको उच्चतम प्रयोग, एकीकृत प्रणालीबाट पारदर्शी एवं उत्तरदायी सेवाका लागि एकल सेवा केन्द्र सञ्चालन, गुनासो व्यवस्थापन प्रणालीलाई प्राथमिकता दिनुले महानगरपालिकालाई नागरिकमैत्री, उत्तरदायी, पारदर्शी र सेवाग्राहीमैत्री बनाएको बताउनुभयो । “यसले नागरिकको आँगनको सरकार स्थानीय शासनका लागि सवल भएको सन्देश दिएको छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
काठमाडौँ, नेपालको राजनीतिक परिवर्तन तथा शासकीय व्यवस्था रुपान्तरणको अनुभूति गर्ने सहर पनि भएकाले यो महानगरले अख्तियार गर्ने नीति, योजना, काम र कार्यक्रम मात्र होइन यसका भोगाइ तथा सिकाइ अन्य पालिकाका लागि उदाहरणीय हुने धारणा उहाँले व्यक्त गर्नुभयो । “त्यसैले, तपाईँहरूले काम गर्दा सदैव उत्कृष्ट नीति, कार्यक्रम र योजना प्रस्तुत गर्न कुनै कसर बाँकी राख्नुहुने छैन भन्ने मैले विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले राजधानी सहरको समृद्धिका लागि महानगरपालिकाले बनाएको नीतिगत व्यवस्था, कार्यक्रम, योजना कार्यान्वयनमा सङघ र प्रदेश सरकारलगायत सबै निकायको साथ र सहयोग जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।
सो अवसरमा राष्ट्रपति पौडेलले इतिहास र संस्कृतिको बेजोड संगमका रुपमा रहेको राजधानीस्थित् आधुनिक समयका महानगरवासीको आवश्यकता, चाहना र सपना सम्बोधन गर्र्ने गुरुत्तर दायित्व निर्वाहमा काठमाडौ महानगरपालिकाले आगामी दिनमा अझ प्रभावकारी ढङ्गले काम गर्नै विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा उपराष्टपति रामसहाय प्रसाद यादव, प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालकाे सहभागिता रहेकाे थियाे । महानगर दिवसका अवसरमा विभिन्न विधामा विशिष्ट याेगदान पुर्याउने व्यक्तित्वलाई राष्ट्रपति पाैडेलले सम्मान गर्नुभएकाे थियाे भने उपराष्टपति यादवले उत्कृष्ट काम गर्ने जनप्रतिनिधिलाई पुरस्कार दिनुभएकाे थियाे ।














Comments are closed