Shopping cart

  • Home
  • राजनिती
  • त्रिशूली बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त
देश

त्रिशूली बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

Email :65

काठमाडाैं । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा भएको दुःखद दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शोक सन्देश जारी गर्नुभएको छ।

उहाँले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ। साथै, घाइतेहरूको शीघ्र उद्धार र प्रभावकारी उपचारको व्यवस्था गर्न नेपाल सरकारसँग जोडदार आग्रह गर्नुभएको छ।

 

पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका प्रचण्डले विपद्को यस घडीमा राज्य संयन्त्र पूर्ण रूपमा सक्रिय हुनुपर्ने आवश्यकता औंल्याउँदै उद्धार, राहत र उपचार कार्यलाई तीव्र, व्यवस्थित र परिणाममुखी बनाउन आग्रह गर्नुभएको छ। उहाँले यस्तो दुःखद घटनाबाट पाठ सिक्दै सडक सुरक्षा, यातायात अनुगमन र आपतकालीन प्रतिकार्य संयन्त्रलाई थप सुदृढ गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ।

यसैबीच, उहाँले पार्टी पंक्तिलाई राहत तथा उद्धार कार्यमा आवश्यक सहयोग पुर्‍याउन सक्रिय रूपमा परिचालन हुन निर्देशन दिनुभएको छ। स्थानीय तह, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा स्वयंसेवीहरूको सहकार्यबाट उद्धार अभियानलाई प्रभावकारी बनाउँदै मानवीय सेवामा अग्रसर हुन उहाँले आह्वान गर्नुभएको छ।

 

प्रचण्डले विपद्को कठिन घडीमा सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकलाई एकताबद्ध भई सहयोग र सहकार्य गर्न अपिल गर्नुभएको छ। उहाँले दुःखद क्षणमा मानवीय संवेदना, ऐक्यबद्धता र पारस्परिक सहयोग नै सबैभन्दा ठूलो शक्ति हुने उल्लेख गर्दै पीडित परिवारलाई आवश्यक सहयोग र साथ दिन सबैसँग आग्रह गर्नुभएको छ।

उक्त दुर्घटनामा ११ जना पुरुष र ६ जना गरी १७ जनाकाे मृत्यु भएकाे छ । तीमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक छन् । २४ जना घाइते भएका छन् ।

 

Comments are closed

Related Post