Shopping cart

  • Home
  • राजनिती
  • झापा–५ को मतगणना अन्तिम चरणमा, बालेनको अग्रता ४० हजारमाथि
देश

झापा–५ को मतगणना अन्तिम चरणमा, बालेनको अग्रता ४० हजारमाथि

Email :72

झापा । १८ हजार मत मन्न बाँकी रहँदा झापा क्षेत्र नम्बर–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले ४० हजारभन्दा बढी मतको अग्रता बनाएका छन् । यो मत परिणामले बालेनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई फराकिलो मतान्तरले पराजित गर्ने पक्का भएको छ ।

हालसम्म गणना गरिएको ८८ हजार ४४१ मध्ये बालेनले झन्डै ६४ प्रतिशत मत ल्याएका छन् । उनले ५५ हजार ९३४ मत पाइसकेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार, अब यो क्षेत्रमा १८ हजार १६१ मतगणना गर्न बाँकी छ । एक लाख ६३ हजार ५७५ मतदाता रहेका झापा–५ मा एक लाख ६ हजार ५७५ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

बालेनको जित पक्का भएसँगै दमकस्थित निर्वाचन अधिकृतको कार्यालयबाहिर रास्वपाका कार्यकर्ता र समर्थक विजयोत्सवको खुसियाली मनाइरहेका छन् ।

Comments are closed

Related Post