Shopping cart

अन्तर्राष्ट्रिय

जोनाथन बेली विश्वकै कामुक पुरुष घोषित

Email :99

न्यूयोर्क । अमेरिकी साप्ताहिक पत्रिका पिपल म्यागजिनले विश्वकै कामुक पुरुष घोषणा गरेको छ ।

हरेक वर्षझैँ यस वर्ष पनि पत्रिकाले अभिनेता जोनाथन बेलीलाई ‘सेक्सियष्ट म्यान अलाइभ’ (कामुक पुरुष) घोषित गरेको छ ।  ‘विक्ड’ र ‘ब्रिजर्टन’ स्टार बेली यो उपाधि पाउने पहिलो गे हुन् । आफू ‘सेक्सियष्ट म्यान अलाइभ’ घोषित भएपछि बेलीले यसलाई ‘जीवनभरको लागि सम्मान’ बताएका छन् ।

यो उपाधी घोषित गर्दै पत्रिकाले एउटा कभरमा बेलीको तस्बिर छापेको छ । अर्को कभर फोटोमा भने बेलीको साथमा उनको कुकुर बेन्सनको पनि तस्बिर राखिएको छ ।

‘सेक्सियष्ट म्यान अलाइभ’ छान्दा पत्रिकाले कुनै व्यक्तिको रूपरंग मात्र हेरेर मूल्याङ्कन नगर्ने पिपलका सम्पादकहरूले बताएका छन् ।

सन् १९८५ देखि “पिपुल्स सेक्सीएस्ट म्यान अलाइभ“ फिचर प्रकाशन हुँदै आएको हो । जसमा पहिलो पटक यो उपाधिबाट सम्मानित हुने व्यक्ति मेल गिब्सन हुन् ।

Comments are closed

Related Post