Shopping cart

  • Home
  • समाज
  • जेनजी आन्दोलनको बारेमा बौद्धिक पेसाकर्मीले गर्यो अन्तरक्रिया
अर्थ

जेनजी आन्दोलनको बारेमा बौद्धिक पेसाकर्मीले गर्यो अन्तरक्रिया

Email :212

काठमाडौं । नेपाल बौद्धिक पेसाकर्मी महासङ्घ राष्ट्रिय समितिले आज अन्तरक्रिया गरेको छ । काठमाडौंमा आयोजित अन्तरक्रियामा कर्मचारी संघ संगठनका प्रमुखसहित अन्यले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा चर्चा गरेका थिए ।

‘जेनजी आन्दोलन, राजनीतिक परिवर्तन र राष्ट्रसेवकको भूमिका विषयक’ अन्तरक्रिया कार्यक्रममा नेपाल सरकारका पूर्व मन्त्री राजेन्द्र श्रेष्ठले जेनजी आन्दोलन समयको मा भएको भन्दै यस्लाई सामान्य रुपमा लिनु नहुने बताए ।


युवाहरुले अवस्था परीवर्तनको मुध्दा उठाएका हुन् व्यवस्था परिवर्तन् होईन साथै उनिहरुले सुशासन पारदर्शिता र जवाफदेहीता खोजेका हुन् त्यस त्यस तर्फ हाम्रो ध्यान जानु पर्छ । उनले कर्मचारी प्रशासनको व्यवहार र कार्यशैली समेत परीवर्ततन आवश्यक भएको भन्दै पुरानै शैली र ढर्राबाट चल्न नहुने सुझाव दिए ।

नेपाल सरकारका पूर्वसचिव गोपीनाथ मैनालीले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले आफूले जागिर खाँदा भोगेका अनुभवका साथै अन्य विषयमा चर्चा गरेका थिए । उनले जेनजी आन्दोलनको कारण उत्पन्न भएको समस्याको निकास र सम्भावनाको खोजीका लागि सबैले आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताए ।


जेनजी युवाहरुको समेत सहभागिता रहेको कार्यक्रममा जेनजी नेता मुस्कान खातुन ,नेपाल निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी दाहाल, नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष उत्तम कटुवाल, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका अध्यक्ष अम्वादत्त भट्टलगायतले पछिल्लो जेनजी आन्दोलन, राजनीतिक परिवर्तन र कर्मचारीको विषयमा धारणा राखेका थिए ।


‘अहिलेको अवस्थाको बारेमा विभिन्न पक्षसँग छलफल र अन्तरक्रिया गरेका हौं’ आयोजक संस्था नेपाल बौद्धिक पेसाकर्मी महासंघका अध्यक्ष शरणकुमार गुरुङले भने ‘यो आन्दोलनपछि सबैमा अब के होला भन्ने चासो र चिन्ता छ त्यसै विषयमा अन्तरक्रिया गरेका हौं ।’ अध्यक्ष गुरुङले देशको, कर्मचारीको सँगै अन्य विषयमा आगामी दिनमा पनि छलफल गर्दै जाने बताए ।

Comments are closed

Related Post