Shopping cart

  • Home
  • राजनिती
  • जेनजी आन्दोलनको छानबिन प्रतिवेदनमा भएको ढिलाइले जनविश्वासमा नकारात्मक असर पर्ने- प्रचण्ड
देश

जेनजी आन्दोलनको छानबिन प्रतिवेदनमा भएको ढिलाइले जनविश्वासमा नकारात्मक असर पर्ने- प्रचण्ड

Email :57

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयाेजक  पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन पटक–पटक सारिँदै जानु उचित नभएको बताउनुभएको छ ।

 

नेपाली कम्युनिस्ट पार्टीका संयोजकसमेत रहनुभएका प्रचण्डले बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिँदै आयोगको कार्यप्रक्रियामा भएको ढिलाइले जनविश्वासमा नकारात्मक असर पर्ने बताउनुभयो ।

 

उहाँले प्रतिवेदन समयमै सार्वजनिक हुनुपर्ने धारणा राख्दै भन्नुभयो, “आयोगको प्रतिवेदन समयमा नै आउनुपर्थ्यो । एकपटक सारियो भने कामको चाप वा अन्य कारणले हुन सक्छ भन्ने बुझ्न सकिन्छ । दुईपटकसम्म पनि केही जटिलता देखिएको होला भन्न सकिन्छ । तर तीनपटक सारेर अझ चुनावपछि मात्रै ल्याउने भन्ने कुरा सही होइन ।”

 

प्रचण्डले दोषी पहिचान गरी कारबाहीको प्रक्रिया अघि बढाउन ढिलासुस्ती गर्न नहुने बताउनुभयो । “दोषी ठहर गरेर कानुनी कारबाही अघि बढाउनुपर्थ्यो । ढिलासुस्ती गरेर समय सार्दै जानु र चुनावपछि मात्र गर्ने भन्नु उचित होइन,” उहाँले भन्नुभयो ।

 

उहाँले छानबिन आयोगहरू निष्पक्ष, प्रभावकारी र समयसीमाभित्र काम गर्नुपर्नेमा जोड दिँदै पारदर्शिता र जवाफदेहिताको मापदण्ड कमजोर हुन नहुने बताउनुभयो । संवेदनशील विषयमा सत्यतथ्य सार्वजनिक गर्न ढिलाइ हुँदा पीडित पक्षमा निराशा बढ्ने र राज्यप्रति अविश्वास पैदा हुने उहाँको भनाइ थियो ।

 

प्रचण्डले लोकतान्त्रिक अभ्यासमा छानबिन प्रक्रिया विश्वसनीय र परिणाममुखी हुनुपर्ने उल्लेख गर्दै जनताको चासो र सरोकारलाई केन्द्रमा राखेर काम गर्न सबै निकाय जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले न्याय र सुशासनको पक्षमा आफ्नो पार्टी दृढतापूर्वक उभिने स्पष्ट सन्देश दिनुभएको छ ।

Comments are closed

Related Post