Email :52
काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोग आइतबार (फागुन २४)सम्म प्रतिवेदन बुझाउने तयारीमा जुटेको छ ।
प्रतिवेदन बुझाउनुअघि अन्तिम रूप दिन आयोगका पदाधिकारीले शनिबार (फागुन २३) पनि काम गरिरहेका छन् ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आन्दोलनका क्रममा भएको घटना जाँचबुझका निम्ति पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो ।












Comments are closed