Shopping cart

  • Home
  • समाज
  • ‘जेन जेड प्रदर्शन’ प्रति रास्वपाको समर्थन, उनीहरूको माग सुन्न सरकारलाई आग्रह
अन्तर्राष्ट्रिय

‘जेन जेड प्रदर्शन’ प्रति रास्वपाको समर्थन, उनीहरूको माग सुन्न सरकारलाई आग्रह

Email :98

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनरेसन जेड (जेनजी) को आन्दोलनप्रति समर्थन जनाउँदै दमन नगर्न सरकारलाई चेतावनी दिएको छ।

पार्टीले आइतबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले युवापुस्ताको ‘जेन जेड प्रदर्शन’ प्रति ऐक्यबद्धता जनाएको हो।

‘सरकारी श्रृंखलाबद्ध कुप्रशासन र राज्यशक्तिको दुरुपयोग, स्वतन्त्रता र मौलिक हक हननको विरुद्ध हामी सधैं सडकमा आवाज निरन्तर उठाउँदै आएका छौँ। यो प्रदर्शन जेन जेडसम्मकै नभई व्यापक राजनीतिक परिवेशसँग जोडिएको छ’, रास्वपाले भनेको छ।

रास्वपाले युवाहरूको शान्तिपूर्ण आन्दोलनमा पूर्ण ऐक्यबद्धता जनाउँदै उनीहरूको माग सुन्न सरकारलाई आग्रह गरेको छ।

रास्वपाले प्रदर्शनमा युवाहरूले कुनै दलको संकेत, नारा वा परिचय प्रयोग नगरी स्वतन्त्र ढंगले अघि बढ्नु सकारात्मक भएको उल्लेख गर्दै यसले लोकतान्त्रिक अभ्यासलाई अझै मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।

सरकारलाई रास्वपाले नवयुवापुस्ताको आन्दोलनलाई अस्वीकार गर्ने, दमन गर्ने वा लत्याउने कार्य नगर्न आग्रह गरेको छ। रास्वपाले चेतावनी दिँदै भनेको छ, ‘सरकार र सत्तापक्षीय दलहरुले युवापुस्ताको आवाजलाई बेवास्ता गरे जनआन्दोलन दबाउन सकिने छैन।’

 

Comments are closed

Related Post