Shopping cart

  • Home
  • राजनिती
  • जेन-जी आन्दोलन जाँचबुझ आयोगको म्याद तेस्रोपटक थप
देश

जेन-जी आन्दोलन जाँचबुझ आयोगको म्याद तेस्रोपटक थप

Email :117

काठमाडौं । सरकारले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद तेस्रो पटक थपेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद २५ दिन थप गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

असोज ५ गते गठित गौरिबहादुर कार्की नेतृत्वको आयोगलाई सुरूमा ३ महिनाको समय सीमा दिइएको थियो । तर, काम नसकिएको भन्दै आयोगले समय मागेपछि पहिलोपटक १ र पछिल्लो पटक २० दिन थपियो ।

योसँगै आयोगको प्रतिवेदन फागुन २१ को चुनावपछि मात्र आउने देखिएको छ ।

Comments are closed

Related Post