Email :49
जाजरकोट । नेपाली कम्युनिष्ट पार्टीले जाजरकोटकी स्थापित महिला नेतृ पार्वती विक समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधि सभा सदस्यका बनेकी छन् ।
नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट सांसद भएकी उनलाई विभिन्न क्षेत्रबाट बधाई तथा सफल कार्यकालको शुभकामना दिने क्रम बढेको छ। पिछडिएको क्षेत्र, उत्पीडित वर्ग र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नु नै समानुपातिक प्रणालीको मूल मर्म रहेको सन्दर्भमा विकको चयनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
राज्यको मूलधारमा पुग्न नसकेका समुदायलाई प्राथमिकता दिने पार्टीको यो निर्णयले सकारात्मक सन्देश प्रवाह गरेको स्थानीय नेता तथा कार्यकर्ताहरूको भनाइ छ। नेतृ विकले आगामी दिनमा संसद्मा आफ्नो समुदाय र भूगोलको आवाज प्रखर रूपमा उठाउने अपेक्षा गरिएको छ।
उनी पार्टीको तर्फकबाट दलित महिला क्लास्टर अन्तर्गत सांसद बनेकी हुन् । उनी सहित नेकपाको तर्फबाट ९ जना सांसद समानुपातिक सूचि अन्तर्गत प्रतिनिधित्व गर्ने छन् ।














Comments are closed