Shopping cart

  • Home
  • राजनिती
  • चेला वर्षमानलाई भोट माग्न गुरु महरा घरदैलोमा
देश

चेला वर्षमानलाई भोट माग्न गुरु महरा घरदैलोमा

Email :55

रोल्पा । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा पार्टीका उम्मेदवार वर्षमान पुन ‘अनन्त’का लागि मत माग्नु भएको छ । आइतबार रोल्पा नगरपालिका वडा नं. १ र २ मा मतदाता भेटघाटका लागि पुनसँगै पुगेर कुनै बेलाका आफ्ना चेलालाई मत माग्नु भएको हो ।

जनभेटघाटमा बोल्दै नेता महराले पुनलाई आफ्नो उत्पादन र नेपाली राजनीतिको एक कुशल व्यवस्थापकको रूपमा चित्रण गर्नुभयो । महराले भन्नुभयो , “जसरी मैले उहाँलाई राजनीतिक यात्राको बाटो सिकाएँ , आज सोही चेलाले देशको नेतृत्व गरिरहँदा मलाई गर्व लाग्छ ।”

रोल्पा नगरपालिकाका विभिन्न स्थानमा पुग्दा मतदाताहरूमा उत्साह देखिएको छ । विशेषगरी आमा समूह, बुद्धिजीवी र स्थानीय युवाहरूको ठूलो उपस्थितिमा भएको सो कार्यक्रममा महराले रोल्पाका दुर्गम कुनाकाप्चासम्म सडक पुर्याउन, बिजुली र खानेपानीको व्यवस्था गर्न पुनले अतुलनीय भूमिका निर्वाह गरेको बताउनुभयो।

महराले थप्नुभयो, “वर्षमान पुन अन्य नेताभन्दा फरक , सरल र सहज स्वभावका हुनुहुन्छ । उहाँसँग जनताको पीडा बुझ्ने र त्यसलाई समाधान गर्ने अदम्य साहस छ । त्यसैले यसपटक रोल्पाको भाग्य र भविष्यका लागि फेरि पनि पुनलाई मतदान गर्न म अपिल गर्दछु ।”

घरदैलोका क्रममा वर्षमान पुन ‘अनन्त’ले पनि आफ्ना गुरुको विश्वासलाई कहिल्यै टुट्न नदिने प्रतिबद्धता जनाउनुभयो । उहाँले आफ्ना योजनाहरू सुनाउँदै गर्दा स्थानीय मतदाताहरूले विकासका बाँकी कामहरू पूरा गर्न पुनको नेतृत्व आवश्यक रहेको बताएका थिए । पुनले अबको रोल्पा कृषि, पर्यटन र पूर्वाधार विकासमा नमुना बन्ने बताउनु भयो ।

गुरु महरा र चेला पुनलाई सँगै घरदैलोमा देखेपछि मतदाताहरू थप उत्साही बनेका छन् । शनिबार लिबाङमा आयोजित चुनावी सभालाई संबोधन गरेर नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता कृष्णबहादुर महराले पुनलाई भोट माग्नु भएको थियो।

Comments are closed

Related Post