Shopping cart

  • Home
  • समाज
  • चार पहिचानवादी दलबीच एकता घोषणा,पहिचान र अधिकार प्राप्तिको आन्दोलनसँग भएका सम्झौता कार्यान्वयन गर्न सरकारलाई दबाब दिईने
देश

चार पहिचानवादी दलबीच एकता घोषणा,पहिचान र अधिकार प्राप्तिको आन्दोलनसँग भएका सम्झौता कार्यान्वयन गर्न सरकारलाई दबाब दिईने

Email :124

झापा । पूर्वी नेपालमा सक्रिय राष्ट्रिय मुक्ति पार्टी नेपाल, नेपाल जनमुक्ति पार्टी (एकता पक्षधर) र कोचिला संघर्ष समिति र संघीय लिम्बुवान पार्टी नेपाल बीच पार्टी एकता भएको छ।

चारै पक्षबीच छलफलपछि बुधबार आयोजित पत्रकार सम्मेलनमा एकता सम्झौता घोषणा गरिएको हो ।

एकीकृत पार्टीको नेतृत्वमा अध्यक्ष राजेन्द्र महतो, वरिष्ठ नेता सन्जुहाङ पालुङ्वा, उपाध्यक्ष त्रिनारायण राजबंसी र मित्र लिङदेन रहने सहमति छ।

एकीकृत पार्टीको नाम राष्ट्रिय मुक्ति पार्टी नेपाल, र यसै पार्टीको विधान कायम राखिने उल्लेख छ।

चारै पक्षले लिम्बुवान, कोचिला, मधेश, खम्बुवान, तामाङसालिङ, नेवा, मगरात, थरुहटलगायत पहिचान आधारित स्वायत्त र विशेष राज्यहरूको स्थापना तत्कालीन एजेन्डा हुने बताएका छन् । साथै राज्यका सबै तहमा जातीय जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्न माग गरिएको छ।

सम्झौतामा विगतका आन्दोलन पहिचान, अधिकार आन्दोलनसँग भएका सम्झौता तत्काल कार्यान्वयन गर्न सरकारलाई दबाब दिने सहमति भएको उल्लेख छ ।

भ्रष्टाचार, औपनिवेशिक मानसिकता र राज्य संरचनामा रहेको अन्याय अन्त्यका लागि कडा अभियान सञ्चालन गर्ने, जेन-जी पुस्ताले उठाएका मुद्दा सम्बोधन गर्ने र यसको निम्ति संविधान २०७२ पुनर्लेखन गर्नुपर्ने माग गरिएको छ ।

Comments are closed

Related Post