Shopping cart

  • Home
  • स्वास्थ्य
  • काभ्रेको बुच्चाकोटमा बस दुर्घटना, ८ जनाको ज्यान गयो,१६ जना घाइते
देश

काभ्रेको बुच्चाकोटमा बस दुर्घटना, ८ जनाको ज्यान गयो,१६ जना घाइते

Email :58

काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोट क्षेत्रमा शुक्रबार यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको  छ।

बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस अनियन्त्रित भई सडकबाट दुर्घटनामा परेको हो। दुर्घटनामा सात जनाले घटनास्थलमै ज्यान गुमाएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

बस दुर्घटनामा परी घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

अस्पताल स्रोतका अनुसार घाइतेमध्ये अधिकांशको टाउको, अनुहार, हातखुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। केही घाइतेको अवस्था गम्भीर रहे पनि उपचार जारी रहेको जनाइएको छ।

उपचाररत घाइतेमा रोशी गाउँपालिकाका २२ वर्षीया अनिशा तामाङ, २० वर्षीया विष्णु डोल्मा तामाङ, ६० वर्षीय डम्बरबहादुर शाह, ३० वर्षीय चन्द्र तामाङ, ४३ वर्षीय कृष्णबहादुर तामाङ, १८ वर्षीया रमिता वाइबा, ४० वर्षीय मनबहादुर तामाङ, धनबहादुर तामाङ तथा ६२ वर्षीया विष्णुमाया लामा रहेका छन्।

यस्तै, बर्दियाका २५ वर्षीय सुरेश बडी, बनेपाका ३४ वर्षीय बस चालक गोवय सिंह तामाङ तथा तेमालका ४३ वर्षीय मनुराज तामाङ पनि उपचाररत छन्। साथै करिब ५–६ वर्षका एक बालक, एक वर्षकी बालिका र करिब ६०–६५ वर्ष उमेरका एक पुरुषको पहिचान खुल्न बाँकी रहेको अस्पतालले जनाएको छ।

 

स्थानीयवासी, प्रहरी र उद्धारकर्मीको सहयोगमा घाइतेलाई तत्काल उद्धार गरी धुलिखेल अस्पताल पुर्‍याइएको थियो।

Comments are closed

Related Post