Shopping cart

  • Home
  • समाज
  • काठमाडौं २ मा नितेश पौडेलको पक्षमा उर्लियो जनलहर
मुख्य समाचार

काठमाडौं २ मा नितेश पौडेलको पक्षमा उर्लियो जनलहर

Email :65

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा काठमाडौं क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी दिनप्रतिदिन बढ्दै गएको छ। यहीबीच नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार नितेश पौडेलको चुनावी अभियानले सकारात्मक गति लिँदै गएको देखिएको छ। गाउँ गाउँ, टोल टोल र घर घरमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका पौडेलप्रति स्थानीय तहमा उत्साह र समर्थन बढ्दै गएको जनाइएको छ।

 

घरदैलो अभियानका क्रममा स्थानीयवासीले उम्मेद्वार पौडेललाई आत्मीय स्वागत गर्दै आफ्ना समस्या, अपेक्षा र सुझाव राखिरहेका छन्। युवाहरूको उल्लेखनीय सहभागिता, महिलाहरूको सक्रियता तथा ज्येष्ठ नागरिकहरूको खुला समर्थनले चुनावी माहोललाई थप ऊर्जाशील बनाएको छ। स्थानीयका अनुसार प्रत्यक्ष संवाद र सरल व्यवहारका कारण मतदातासँगको विश्वास क्रमशः बलियो बन्दै गएको छ।

 

“हामीलाई कुरा मात्र गर्ने होइन, काम गर्ने प्रतिनिधि चाहिएको छ,” एक स्थानीय मतदाताले बताए। अर्का एक युवाले भने, “रोजगारी, शिक्षा र विकासका विषयमा स्पष्ट सोच भएका उम्मेद्वारलाई यसपटक मौका दिनुपर्छ भन्ने हाम्रो धारणा हो।”

पौडेलले आफ्नो चुनावी अभियानमा सुशासन, पारदर्शिता, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवाको सुधार तथा स्थानीय पूर्वाधार विकासलाई प्राथमिक एजेन्डाका रूपमा अघि सारेका छन्। उनले स्थानीय आवश्यकताका आधारमा विकास कार्यक्रम सञ्चालन गर्ने र जनताको आवाज संसदमा मजबुत रूपमा उठाउने प्रतिबद्धता जनाउँदै आएका छन्।

स्थानीय अगुवाहरूका अनुसार उम्मेद्वार पौडेलले समस्या सुन्ने मात्र होइन, समाधानका लागि दीर्घकालीन योजना प्रस्तुत गर्ने प्रयास गरिरहेका छन्। “युवापुस्ताको प्रतिनिधित्व गर्ने उम्मेद्वारका रूपमा उहाँप्रति भरोसा बढेको छ,” एक स्थानीय सामाजिक अभियन्ताले बताए।

 

अहिले सञ्चालन भइरहेको घरदैलो अभियानमा किसान, मजदुर, व्यवसायी, महिला, युवा तथा विभिन्न पेशामा आबद्ध नागरिकहरूको सहभागिता उल्लेखनीय देखिएको छ। धेरै मतदाताले यसपटक परिवर्तन, जिम्मेवार नेतृत्व र विकासका लागि मतदान गर्ने मनस्थिति बनाइसकेको प्रतिक्रिया दिएका छन्।

 

दिनप्रतिदिन सशक्त बन्दै गएको प्रचार अभियान, जनतासँगको प्रत्यक्ष सम्पर्क र बढ्दो समर्थनले क्षेत्र नम्बर २ मा नितेश पौडेललाई एक प्रतिस्पर्धी तथा बलियो उम्मेद्वारका रूपमा स्थापित गर्दै लगेको संकेत देखिएको छ। निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी माहोल थप तातिँदै गएको छ।

Comments are closed

Related Post