Shopping cart

  • Home
  • स्वास्थ्य
  • काठमाडौं विश्वकै वायु प्रदूषित शहरको पहिलो स्थानमा,धुलो-धुवाँबाट जोगिन सुझाव
अन्तर्राष्ट्रिय

काठमाडौं विश्वकै वायु प्रदूषित शहरको पहिलो स्थानमा,धुलो-धुवाँबाट जोगिन सुझाव

Email :16

काठमाडौं । आज विश्वकै वायु प्रदूषित शहरको पहिलो स्थानमा परेको छ ।

काठमाडौंको वायुको गुणस्तर मापदण्ड अर्थात् एयर क्वालिटी इन्डेक्स एक्यूआई २२३ रहेको छ । जनस्वास्थ्यका निम्ति यो ‘अति अस्वस्थकर’ वायु मानिन्छ ।

त्यस्तै दोस्रोमा भारतको राजधानी नयाँ दिल्ली रहेको छ । एक्युआइका अनुसार हाल दिल्लीको एक्युआइ १६२ रहेको छ।

दिल्ली पछि पाकिस्तानको लाहोर विश्वकै प्रदुषित शहरको तेस्रो स्थानमा रहेको छ लाहोरको  एक्यूआई १५८ रहेको छ । एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति निकै घातक हुने गर्छ ।

एयर क्वालिटी इन्डेक्स (एक्यूआई) का अनुसार मङ्गलबार दिउँसो करिब ९२ को हाराहारीमा रहेको वायु गुणस्तर सूचकाङ्क शुक्रबार एकै पटक बढेर २२३ पुगेको हो ।

एक्युआईको मापदण्डअनुसार ०-५० सम्म ‘राम्रो’, ५१-१०० ‘मध्यम’, १०१-१५० ‘अस्वस्थ’, १५-१२०० ‘सबैका लागि अस्वस्थ’, २०१-३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ ।

विशेषगरी वायु प्रदूषणको असर बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटु रोगीलाई  पर्ने जनाइएको छ । त्यावश्यकबाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र धुलो-धुवाँबाट जोगिन सुझाइएको छ ।

Comments are closed

Related Post