Shopping cart

  • Home
  • राजनिती
  • कांग्रेसको क्रियाशील सदस्यता- ६ लाख ८७ हजार ९ सय ३१ अद्यावधिक प्रक्रियामा सामेल
देश

कांग्रेसको क्रियाशील सदस्यता- ६ लाख ८७ हजार ९ सय ३१ अद्यावधिक प्रक्रियामा सामेल

Email :61

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकका लागि तोकिएको समयसीमा भित्र ५ लाख ३८ हजार ६ सय २२ जनाले एसीआईडी प्राप्त गरेका छन् । यसबाहेक  १ लाख ४९ हजार ३ सय ९ जनाले स्वयं अद्यावधिक फाराम पेस गरी अद्यावधिक प्रक्रियामा रहेको  पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

गएराति १२ बजेसम्म सदस्यता अद्यावधिक गर्न सकिने व्यवस्था गरिएको थियो । कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यहरूमध्ये तोकिएको समयमा अद्यावधिक गरेका र प्रक्रियामा सामेल भएकोको कुल संख्या भने ६ लाख ८७ हजार ९ सय ३१ रहेको छ ।

Comments are closed

Related Post