Shopping cart

  • Home
  • राजनिती
  • ओखलढुंगाको रास्वपा पहुँच र पैसाको आडमा कब्जा भयो अनि बिद्रोह गरेँ: स्वतन्त्र उमेदवार बिक्रम दाहाल
देश

ओखलढुंगाको रास्वपा पहुँच र पैसाको आडमा कब्जा भयो अनि बिद्रोह गरेँ: स्वतन्त्र उमेदवार बिक्रम दाहाल

Email :22

ओखलढुंगा। राष्ट्रीय स्वतन्त्र पार्टी रास्वपाबाट विद्रोह गरेर स्वतन्त्र उमेदवार बनेका विक्रम दाहालले रास्वपा पहुँच र पैसाको आधारमा चलिरहेको आरोप लगाएका छन । उनले ओखलढुंगा जिल्लामा विधि पद्धती मिचेर पहुँचको आधारमा पार्टी कब्जा गर्ने परिस्थिति बनेपछी आफुले विद्रोह गर्नु परेको बताए ।

 

आज हाम्रो टीमसंग कुरा गर्दै दाहालले आफु ओखलढुंगा रास्वपाको संस्थापक भए पनि आफुहरुलाई बेवास्ता गरेर पार्टीमा पैसा र पहुँचवालाहरुको मनोमानी चलेकाले आफु बिद्रोह गरेर स्वतन्त्र उमेदवार बन्नु परेको बताए । उनको भनाई अहिले रास्वपाले आधिकारिक उमेदवार बनाएका विश्वराज पोखरेल प्रती ईंगित थियो भने दाहालले उनै पोखरेलले ओखलढुंगमा केन्द्रको पहुँचका आधारमा मनोमानी गरेको घुमाउरो भाषामा आरोप लगाएका हुन ।

 

पार्टीले नयाँ युवाहरुलाई प्रोत्साहन गर्नु पर्नेमा त्यसो नगरेकोमा उनको चिन्ता थियो । रास्वपाले पनि अन्य राजनितिक दलले जस्तै गर्ने हो भने पुराना पार्टी भन्दा के फरक भयो र भन्दै सिमित व्यक्तीहरुले एकल निर्णय गर्दै जाने र आफु जस्ता ईमान्दार नेता कार्यकर्ताको कुनै पनि कुराको सुनुवाइ नगरेको बताए ।

 

बेथिति र भ्रष्टाचार विरुद्ध आफुहरु रास्वपामा गोलबन्द भएको भन्दै उनले ओखलढुंगाको रास्वपा पार्टी खराब तत्वले कब्जा गरेको कारण आफुले बागी उमेदवार दिएको जिकिर गरे ।

रास्वपालाई चुनौती दिंदै क्यामेरा चुनाव चिन्ह लिएर स्वतन्त्र उमेदवार बनेका दाहालले जिल्लाका समस्या पार्टी केन्द्रमा राख्दा पनि सुनुवाई नभएको बताए । उनले आफु कुनैपनी हालतमा ब्याक नहुने र जिल्लामा आफ्नो पक्षमा माहौल बन्दै गएको कारण यस पटकको निर्वाचनको सामना गर्ने समेत बताए ।

Comments are closed

Related Post