Shopping cart

  • Home
  • समाज
  • एमालेले तोक्यो प्रदेश इन्चार्ज
देश

एमालेले तोक्यो प्रदेश इन्चार्ज

Email :93

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठकले  प्रदेशको इन्चार्जसमेत तोकेको छ ।

जसअनुसार कोशी प्रदेशमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा सचिव महेश बस्नेत, राजधानीमा सचिव राजन भट्टराई, गण्डकीमा सचिव खगराज अधिकारी, लुम्बिनीमा सचिव पद्मा अर्याल, कर्णालीमा सचिव यामलाल कँडेल र सुदूरपश्चिममा गणेश ठगुन्नालाई इन्चार्ज तोकिएको छ । यस्तै, आजको बैठकले संगठन विभागको इन्चार्जको जिम्मेवारी सचिव भानुभक्त ढकाललाई दिएको छ ।

 

एमालेले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी गरेको छ । निर्वाचन परिचालन समितिदेखि घोषणापत्र मस्यौदा समितिसमेत गठन गरेको छ । निर्वाचनको कमाण्डरमा उपाध्यक्ष रामबहादुर थापा तोकिएका छन् । यस्तै, अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा घोषणापत्र मस्यौदा समिति गठन गरिएको छ ।

 

Comments are closed

Related Post