Shopping cart

  • Home
  • राजनिती
  • एमालेको पद्धति र हठलाई जनताले पूर्ण रूपमा अस्वीकार गरे: सुरेन्द्र पाण्डे
देश

एमालेको पद्धति र हठलाई जनताले पूर्ण रूपमा अस्वीकार गरे: सुरेन्द्र पाण्डे

Email :132

काठमाडौं । नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले पार्टीको वर्तमान सञ्चालन पद्धति, कार्यशैली र हठलाई जनताले मतपत्रमार्फत पूर्ण रूपमा अस्वीकार गरेको बताएका छन् । निर्वाचन परिणामलाई षड्यन्त्र वा अन्तर्घातको नाम दिएर नेतृत्व उम्किन नमिल्ने उनको भनाइ छ ।

सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै पाण्डेले ४०–५० हजारको ठूलो मतान्तरलाई अन्तर्घातको सामान्य आरोप लगाउनु जनताको विवेकको अपमान भएको तर्क गरे । ‘यति ठूलो नैतिक पराजयपछि पनि अरूलाई कारबाही गर्ने नैतिक आधार नेतृत्वसँग कति बाँकी छ ?’ उनले प्रश्न गरेका छन् ।

पाण्डेले अब पार्टीको समग्र संरचना र कार्यशैली नै ‘रिसेट’ गर्नुपर्ने आवश्यकता औंल्याउँदै पुरानै सोच र शैलीमा अडिग रहे थप संकटमा पर्ने चेतावनी दिएका छन् ।

Comments are closed

Related Post