Shopping cart

  • Home
  • राजनिती
  • एमाले ओखलढुङ्गाको पालिका भेला सम्पन्न, अब वडा केन्द्रित अभियान चलाउँदै
देश

एमाले ओखलढुङ्गाको पालिका भेला सम्पन्न, अब वडा केन्द्रित अभियान चलाउँदै

Email :116

ओखलढुंगा । नेकपा एमाले केन्द्रीय सदस्य तथा ओखलढुङ्गा संयोजक यज्ञराज सुनुवारको नेतृत्वमा बनेको निर्वाचन परिचालन समितिले पार्टीको विस्तारित भेला र बैठकहरू सम्पन्न गरेको छ ।

यस्तै एमालेले असन्तुष्ट बनेका नेता तथा कार्यकर्ताहरूलाई समेत पार्टीको काममा फर्काएको छ । दुई वर्ष अघि पार्टी छाडेका ओखलढुङ्गाका पूर्व जिल्ला अध्यक्ष शङ्कर कटवाल पुनः पार्टीको जिम्मेवारीमा सक्रिय भएका छन्।

 

प्रतिनिधिसभा निर्वाचनको सङ्घारमा पार्टी र नेतृत्वमाथि चौतर्फी आक्रमण भइरहेको अवस्थामा जिम्मेवार सदस्यका रूपमा चुप लागेर बस्न नसक्ने बताउँदै उनी पार्टी अभियानमा फर्किएका हुन् ।
निर्वाचनको मिति नजिक भएसँगै निर्वाचनमा जित निकाल्न ओखलढुङ्गा जिल्लाका ७ वटा गाउँपालिका र एउटा नगरपालिकामा समेत निर्वाचन परिचालन समिति गठन गरेको छ ।

 

केन्द्रीय सदस्य यज्ञराज सुनुवारका अनुसार खिजिदेम्बा गाउँपालिकामा तिलक सुनुवारको संयोजकत्वमा ११५ सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको छ ।
यस्तै एमालेले चम्पादेवी गाउँपालिकामा सुमन घिमिरेको संयोजकत्वमा १२५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

यस्तै चिशंखुगढी गाउँपालिका जीवन कुमार थापाको संयोजकत्वमा १२३, मानेभञ्ज्याङ गाउँपालिका रुपालाल तामाङको संयोजकत्वमा ११५ सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको छ ।

 

यस्तै मोलुङ गाउँपालिकामा मणिराज राई को संयोजकत्वमा १४५ सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको छ । यसै गरी लिखुमा विशालकुमार पौडेलको संयोजकत्वमा १३७, सुनकोसी गाउँपालिका टङ्कलाल गिरीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन भएको छ ।

जिल्लाको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिकामा भने प्रकाश कट्वालको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन भएको छ ।

८ वटा पालिकामा ७५ वटा वडा रहेका छन् । ती सवैमा निर्वाचन परिचालन कमिटी गठन हुने संयोजक सुनुवारले बताए । ओखलढुङ्गामा एमालेले अस्मिता थापालाई उम्मेदवार बनाएको छ । उनी एमालेकाे एघारौं माहधिबेसनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् ।

Comments are closed

Related Post